राज्यमन्त्रीहरूलाई ओलीले भने- गलत मान्छेको संगत नगर्नू, प्रलोभनमा नपर्नू « Khabarhub

राज्यमन्त्रीहरूलाई ओलीले भने- गलत मान्छेको संगत नगर्नू, प्रलोभनमा नपर्नू


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित मन्त्रीलाई सघाएर परिणाम आउने गरी काम गर्न नवनियुक्त राज्यमन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार नवनियुक्त तीन राज्यमन्त्रीको सपथ ग्रहण समारोहमा बधाई तथा शुभकामना दिँदै ओलीले राज्यमन्त्रीमो मुख्य काम सम्बन्धित मन्त्रीलाई सहयोग गर्ने भएकाले रचनात्मक हुन आग्रह गरे ।

उनले निर्देशनका क्रममा आफ्नो कार्यक्षेत्रको सदुपयोग गर्न पनि सुझाव दिए । प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रीहरूले पनि राज्यमन्त्रीलाई आवश्यक जिम्मेवारी दिने र परिणाम निकाल्नेबारे ध्यान दिन आग्रह गरे ।

अहिलेको विषम परिस्थितिलाई अनुकूलतर्फ लैजना आफूहरू प्रयत्नरत रहेको बताउँदै प्रधानमन्त्री ओलीले नवनियुक्त राज्यमन्त्रीलाई गलत मान्छेको संगत र उनीहरूको प्रलोभनमा नपर्न सचेत गराए ।

उनले राज्यमन्त्रीहरूले मन्त्रालयसँग सम्बन्धित सबै विषयमा विस्तृत अध्ययन गरेर सूचनाको भण्डारका रुपमा रहन र मन्त्रीहरूलाई सहयोग गर्न पनि आग्रह गरे।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ५ : ५७ बजे

दसैँको रौनकमा झुमाउँदै ‘परिवार’को ‘रातो टीका’

काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ले पनि दर्शकलाई चाडपर्वको

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)

काठमाडौं– गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण

कांग्रेस महाधिवेशन : निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै लगानी सुरक्षा र स्थिर कर नीतिमा जोड

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक धारसमेत

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

पर्सा– सशस्त्र प्रहरी बलले १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार