काम गर्न नसके आफू जिम्मेवारीमा नरहने मन्त्री भण्डारीको घोषणा « Khabarhub

काम गर्न नसके आफू जिम्मेवारीमा नरहने मन्त्री भण्डारीको घोषणा


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले काममा हुने ढिलासुस्तीलाई अन्त्य गर्न मातहतका निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन्। आज मन्त्रालयमा मातहतका महाशाखा, विभाग तथा आयोजना कार्यालयका प्रमुखसँगको समीक्षा बैठकमा उनले काम गर्न नसके मार्ग प्रशस्त गर्न समेत आग्रन गरे ।

“हामी आगामी कार्यक्रम समय तोकेरै निर्धारण गर्नेछौँ र सोहीबमोजिम कार्य सम्पादन गर्नुपर्छ”, उनले भने, “काम गर्न नसक्नेहरुले बाटो खाली गर्न सक्नुहुन्छ ।” उनले छ महिनामा देखिने गरी कम गर्न नसके आफू पनि जिम्मेवारीमा नरहने बताए।

चालु खर्च शतप्रतिशत हुने र पुँजीगत खर्च निकै कम हुने गरेको उल्लेख गर्दै उक्त समस्या समाधान हुने गरी काम गर्न आग्रह गरे। “अहिले देखिएका समस्या मलाई भन्नुहोस्, समाधान गर्ने जिम्मेवारी मेरो हो, तर काममा कुनै सम्झौता हुँदैन”, उनले भने, “जनगुनासो नआउने गरी काम गर्न म सबैलाई निर्देशन दिन्छु ।” मन्त्री भण्डारीले मन्त्रालय सुधारका लागि १० दिने अन्तरक्रिया कार्यक्रम समेत राखेका छन् ।

मन्त्री भण्डारीले अनलाइनबाट सेवा प्रवाह गर्ने उल्लेख गर्दै कुनै पनि व्यवसायी फाइल बोकेर मन्त्रालय आउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिए। उनले जनशक्ति अभाव भए आफूलाई भन्न पनि आग्रह गरे।

उनले तीन महिनामा एक तिहाई काम सम्पन्न गरिसक्न र सोही अनुसार शतप्रतिशत नतिजा दिनका लागि उच्च मनोवलका साथ काममा खटिन आग्रह गरे ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ८ : ३८ बजे

यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्व चयनका लागि मतदान जारी

काठमाडौं– देशभरका यातायात व्यवसायीको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय

फिल्म चलेन, न वर्षाले आँसु खसाल्न सकिन्, न भिडियो नबनाइ बस्न सकिन्

काठमाडौं – आफू अभिनित फिल्म ‘मालती मंगले’ प्रदर्शनरत रहेकाले नायिका

प्रतिपक्षीले घेरेपछि सभामुखले स्थगित गरे संसद् बैठक

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलहरू एकजुट भएर घेरेपछि सभामुख

प्रधानमन्त्रीको बेवास्ताले संसद्‍मा तनाव, एकजुट भए विपक्षी (तस्बिरहरू)

काठमाडौं- फागुन २१ को निर्वाचनबाट आएको प्रतिनिधि सभामा उभिएर अहिलेसम्म

कांग्रेसको चेतावनी : वालेन्द्रले संसद्को उपेक्षा गर्दैछन्, जवाफ दिन नआए बहिष्कार गर्छौँ

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री