काम गर्न नसके आफू जिम्मेवारीमा नरहने मन्त्री भण्डारीको घोषणा « Khabarhub

काम गर्न नसके आफू जिम्मेवारीमा नरहने मन्त्री भण्डारीको घोषणा


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले काममा हुने ढिलासुस्तीलाई अन्त्य गर्न मातहतका निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन्। आज मन्त्रालयमा मातहतका महाशाखा, विभाग तथा आयोजना कार्यालयका प्रमुखसँगको समीक्षा बैठकमा उनले काम गर्न नसके मार्ग प्रशस्त गर्न समेत आग्रन गरे ।

“हामी आगामी कार्यक्रम समय तोकेरै निर्धारण गर्नेछौँ र सोहीबमोजिम कार्य सम्पादन गर्नुपर्छ”, उनले भने, “काम गर्न नसक्नेहरुले बाटो खाली गर्न सक्नुहुन्छ ।” उनले छ महिनामा देखिने गरी कम गर्न नसके आफू पनि जिम्मेवारीमा नरहने बताए।

चालु खर्च शतप्रतिशत हुने र पुँजीगत खर्च निकै कम हुने गरेको उल्लेख गर्दै उक्त समस्या समाधान हुने गरी काम गर्न आग्रह गरे। “अहिले देखिएका समस्या मलाई भन्नुहोस्, समाधान गर्ने जिम्मेवारी मेरो हो, तर काममा कुनै सम्झौता हुँदैन”, उनले भने, “जनगुनासो नआउने गरी काम गर्न म सबैलाई निर्देशन दिन्छु ।” मन्त्री भण्डारीले मन्त्रालय सुधारका लागि १० दिने अन्तरक्रिया कार्यक्रम समेत राखेका छन् ।

मन्त्री भण्डारीले अनलाइनबाट सेवा प्रवाह गर्ने उल्लेख गर्दै कुनै पनि व्यवसायी फाइल बोकेर मन्त्रालय आउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिए। उनले जनशक्ति अभाव भए आफूलाई भन्न पनि आग्रह गरे।

उनले तीन महिनामा एक तिहाई काम सम्पन्न गरिसक्न र सोही अनुसार शतप्रतिशत नतिजा दिनका लागि उच्च मनोवलका साथ काममा खटिन आग्रह गरे ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ८ : ३८ बजे

एनपीएल फाइनल भिडन्त भोलि : आम्नेसाम्ने हुँदै राष्ट्रिय टिमका कप्तान र उपकप्तान

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को फाइनल

धादिङमा सबस्टेसन निर्माण : हुरीबतास चल्नेबित्तिकै बिजुली जाने समस्या हट्दै

काठमाडौं– भनिन्छ नि एउटा उद्योगले कम्तीमा १० वटा विकासको बाटो

नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण

त्रिवेणी– नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा ३३ वटा पुल

निर्वाचन आउन ८३ दिन बाँकीः समावेशी प्रतिनिधित्व गराउन समिति बन्यो

काठमाडौं – निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया

आजका लागि विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर उच्च बिन्दुमा

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय