कक्षा १२ को मौका परीक्षा भदौ २५ र २६ गते हुने « Khabarhub

कक्षा १२ को मौका परीक्षा भदौ २५ र २६ गते हुने


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कक्षा १२ ग्रेड वृद्धि (मौका परीक्षा) आगामी भदौ २५ र २६ गते सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको लागि आवेदन फारम भर्न आह्वान गरेको छ ।

बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजामा ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड अर्थात अनुत्तीर्ण भएका छन् । भने नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् अर्थात ग्रेडेड भएका छन् ।

दुई विषयमा नन ग्रेडेड आएका विद्यार्थीहरूले मौका परीक्षामा सहभागिता जनाउन पाउने छन् । बोर्डका अनुसार सैद्धान्तिकतर्फ न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड आएका वा दुई विषयमा अनुपस्थित भएका विद्यार्थी पनि परीक्षामा सहभागी हुन पाउने छ ।

गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए । ३ लाख ९० हजार परीक्षार्थी थिए । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५२६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

 

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ९ : ५५ बजे

बागमतीमा ओलीको योजनालाई लिङ्देनको धक्का, राप्रपा सांसदहरूलाई सत्ताकेन्द्रित गतिविधि नगर्न निर्देशन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीले केन्द्रबाट आधिकारिक निर्णय नआउँदासम्म

पोखरा विमानस्थलमा भ्रष्टाचार : पूर्वसचिव न्यौपानेसँग मागियो साढे ४ लाख रुपैयाँ धरौटी

काठमाडौं- विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कर छुटसम्बन्धी मुद्दामा

जीवन बीमा व्यवसाय २ खर्ब माथि, नेपाल लाइफको बजारमा वर्चस्व

काठमाडौं– नेपालका जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ मा कुल

मोदीको भिडियो हटाएकोमा जुकरबर्गले मागे माफी, भारतले दिएको थियो मेटालाई कारबाहीको चेतावनी

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुक भिडियो हटाएको र डीपफेक

न्यायाधीशलाई राजीनामा दिन दबाब पारिएको भन्ने प्रचार भ्रामक : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सर्वोच्च अदालतका