पाकिस्तानमा कर वृद्धिले औषधि क्षेत्र प्रभावित « Khabarhub

पाकिस्तानमा कर वृद्धिले औषधि क्षेत्र प्रभावित


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तान सरकारले कर वृद्धि गरेका कारण त्यहाँको स्वास्थ्य क्षेत्र नराम्ररी प्रभावित हुने चिन्ता उत्पन्न भएको छ । सरकारले लागू गरेको करवृद्धिका कारण खासगरी औषधि उत्पादकहरु मारमा परेका छन् ।

सरकारले कर बढाएका कारण औषधि उत्पादन ५० प्रतिशतसम्म घटेको कराँचीमा रहेको एउटा औषधि उद्योगका प्रमुख कार्यकारी मोहम्मद बिलालले जनाएका छन् ।

भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीका क्रममा उनले औषधिको उत्पादन घटेका कारण वितरकले पनि समस्या भोग्नुपरेको जनाएका छन् । यसबाट औषधिको आपूर्ति नै प्रभावित भएको उनको भनाइ छ ।

पछिल्लो समय औषधि वितरकले कामदार पनि कटौती गर्न थालेकोसमेत उनले बताएका छन् । सरकारले बढाएको करका कारण एन्टिबायोटिकको मूल्य १ सय ८० पाकिस्तानी रुपैयाँबाट बढेर ३ सय रुपैयाँसम्म पुगेको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  १२ : ०८ बजे

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका

२२ करोडको बुटवल वधशाला बन्द, घाँसले ढाकिँदै संरचना (तस्बिरहरू)

बुटवल- सरकारले देशभर पशु वधशाला तथा मासु जाँचसम्बन्धी व्यवस्था चरणबद्ध रूपमा

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं– जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चका न्यायाधीश

पहिरो र बाढीले देशका विभिन्न स्थानका सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा बाढीले