प्रधानमन्त्री ओली साढे १ बजे सिंगापुर जाने « Khabarhub

प्रधानमन्त्री ओली साढे १ बजे सिंगापुर जाने


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि आज (बिहीबार) सिंगापुर जाँदै छन् । दिउँसो साढे १ बजेको उडानबाट प्रधानमन्त्री सिंगापुर प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

थाई एयरमार्फत सिंगापुर जाने प्रधानमन्त्री ओलीसँगै प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्या सिंहलगायत पनि सिंगापुर जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराउने छन् । यसअघि पनि उनले त्यही स्वास्थ्य परीक्षण गराएका थिए । अघिल्लोपटक स्वास्थ्य परीक्षणका लागि ९ दिन सिंगापुरमा बिताएका प्रधानमन्त्री ओली यसपटक कति समय त्यहाँ रहन्छन् भन्नेबारे केही पनि बताइएको छैन ।

सिंगापुरमै स्वास्थ्य परीक्षण गराएर गत साउन २७ गते फर्किएका प्रधानमन्त्री ओली १० दिनपछि फेरि त्यसतर्फ जान लागेका हुन् ।

प्रधानमन्त्री ओली मिर्गौलाको विरामी हुन् । उनले १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका थिए । मिर्गौला प्रत्यारोपणपछि भारत र बैंकक गएर स्वास्थ्य परीक्षण गर्ने गरेका प्रधानमन्त्रीले बीचमा स्वदेशमै उपचार गराएका थिए । तर, उनी गत साउन १८ गते सिंगापुर गएका थिए ।

उपचारका लागि विदेश जाने भएकाले नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बिहानलाई बोलाइएको छ । बिहान ८ बजेका लागि बोलाइएको बैठकमा बुधबार भएका छलफललाई निष्कर्षमा पुर्‍याउने र पार्टी भित्र देखिएको सामान्य असहमझदारीलाई टुंग्याउने गरी छलफल हुने सचिवालयले जनाएको छ ।

बैठक सकेपछि प्रधानमन्त्री दिउँसो १ बजे विमानस्थलका लागि प्रस्थान गर्नेछन् ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ७ : ३१ बजे

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौं- नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ

‘चल गोविन्दे’बाट हिट सुरेशको नयाँ तीज गीत : मर्द रोको भित्रभित्र कसले बुझ्ने हो

काठमाडौं- दशकअगाडि पश्चिमे भाकाको ‘चल गोविन्दे’ गीतबाट लोकप्रिय भएका गायक

जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गरेनन् : प्रभु साह 

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

देश र जनताको हितमा हुन्छ भने पेटिकोट लगाएर बिर्तामोड बजारमा हिँड्न तयार छु : सुदन किराती

झापा- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले देशको हितमा हुन्छ