रविका २२ समर्थकविरुद्ध अभद्र दुर्व्यवहार मुद्दा « Khabarhub

रविका २२ समर्थकविरुद्ध अभद्र दुर्व्यवहार मुद्दा


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– शालिकराम प्रकरणमा थुनामा रहेका रवि लामिछानेको रिहाईको माग गर्दै प्रदर्शनमा उत्रिएका २२ जनाविरुद्ध चितवन प्रहरीले अभद्र दुर्व्यवहार मुद्दा चलाएको छ ।

रविको रिहाईका लागि भएको प्रदर्शनमा खराब आचरण र व्यवहार देखाएको भन्दै चितवन प्रहरीले अहिलेसम्म २२ जना विरुद्ध मुद्दा चलाएको हो । रविका चारजना समर्थक जनही पाँच सय धरौटीमा रिहा भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी एकनाराणण कोइरालालो गत साउन ३२ गते गिरफ्तार भइ मुद्दा चलाइएका चार जना जिल्ला प्रशासन कार्यालय चितवनबाट पाँच सय रुपैयाँ धरौटीमा छुटेको जानकारी दिए ।

प्रहरीले भदौ २ गतेको प्रदर्शनबाट रवि समर्थक १० जनालाई पक्राउ गरेको थियो भने साउन ३ गतेको प्रदर्शनमा थप ८ जना पक्राउ परेका थिए । उनीहरुलार्य अभद्र व्यवहारअन्तर्गत मुद्दा चलाइएको छ । उनीहरुविरुद्ध मयादथप भई अनुसन्धान भइरहेको छ ।

रवि समर्थकको प्रदर्शनमा सात जना प्रहरी घाइते भएको डीएसपी कोइरालाले जानकारी दिए । घाइतेमध्ये प्रहरी जवना सुवास राणाको हात भाँचिएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ७ : ३९ बजे

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

थाइल्याण्डबाट चीन फर्काइएका ४० उइग्युरको अवस्थाप्रति राष्ट्रसंघको चिन्ता

काठमाडौं- जेनेभास्थित संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरले

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध

ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन

‘मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं– नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका रुपमा