सोमालियाको राजधानीमा आत्मघाती हमला हुँदा ३२ जनाको मृत्यु « Khabarhub

सोमालियाको राजधानीमा आत्मघाती हमला हुँदा ३२ जनाको मृत्यु


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


993
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सोमालियाको राजधानी मोगादिशुमा भएको आत्मघाती हमलामा ३२ जनाको ज्यान गएको छ । दर्जनौं मानिसहरू घाइते भएका र धेरैको अवस्था गम्भीर रहेको त्यहाँको प्रहरीले जानकारी दिएको छ ।

आत्मघाती हमलाकारी र बन्दुकधारीले सर्वसाधारण ओहरदोहर गरिररहेकै स्थानमा आक्रमण गरेका थिए । मिडियाहरूमा उल्लेख भएअनुसार, मध्य सोमालियाको ठूलो हिस्सामा प्रभाव जमाइरहेको अल-शबाब नामक आतंककारी समूहले सो हमला गरेको हो ।

सुरक्षा कारबाहीमा पाँच आक्रमणकारी मारिएका र एक आक्रमणकारीले आत्मघाती बिस्फोटमा आफैँलाई उडाएको उल्लेख छ । अल-शबाबले पछिल्लो हमलाको जिम्मेवारी लिएको छ ।

अल-शबाबको विश्व आतङ्कवादी सङ्गठन अलकायदासँग सम्बन्ध छ । संयुक्त राष्ट्रसंघ समर्थित सोमालियाको सरकारविरुद्ध सो सङ्गठन विद्रोहरत छ ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ६ : ११ बजे

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर