बढ्दै हैजाको प्रकोप, देशभर २५ जनामा पुष्टि | Khabarhub Khabarhub

बढ्दै हैजाको प्रकोप, देशभर २५ जनामा पुष्टि


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशभर २५ जना हैजाका बिरामी फेला परेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले हालसम्म सो सङ्ख्यामा हैजाका बिरामी फेला परेको जनाएको छ ।

महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले काठमाडाैं, ललितपुर र कैलालीमा हालसम्म २५ जनामा हैजा पुष्टि भएको बताएका छन् । उनका अनुसार ललितपुरमा १६, काठमाडाैंमा एक र कैलालीमा आठजना हैजाका बिरामी फेला परेका छन् ।

हैजा अतिसङ्क्रामक र शीघ्र फैलिने झाडापखाला भएकाले हैजाको मुख्य लक्षण चौलानी पानीजस्तो दिसा आउने, वाकवाकी लाग्ने र वान्ता हुने, कडा जलवियोजन हुने गर्दछ । सङ्क्रमणले गम्भीर अवस्थामा पुर्‍याउँदा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, पिसाब पहेँलो हुने, रक्तचाप कम हुने, मुटुको धड्कन अनियन्त्रित हुने र बेहोस हुनसक्ने घिमिरे बताए ।

हैजाका बिरामीलाई तुरुन्तै अस्पताल नपुर्‍याए ५० प्रतिशत मृत्यु हुने सम्भावन हुने गर्दछ । हैजाबाट सुरक्षित रहनका लागि झिँगा लागेको, बासी, सडेगलेको, नपाकेको, चिसिएको खुलास्थानका खाद्यपदार्थ खानु हुँदैन ।

पानीलाई उमालेर वा क्लेरिन प्रयोग गरेरमात्र प्रयोग गर्न र गराउन, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनको साथै चर्पीको प्रयोग र दिसापिसाब गरिसकेपछि साबुनपानीले मिचीमिची हात हुन महाशाखाले अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ९ : ५२ बजे

भारत र फिजीका रक्षा अधिकारीबीच बैठक सम्पन्न

काठमाडौं– भारत र फिजीका अधिकारीबीच रक्षा सहकार्यबारे संयुक्त कार्यसमूहको बैठक

राहदानी ठेक्का प्रकरणमा पुनरावलोकन समितिको ठहर – ‘अन्यथा मान्न सकिएन’

काठमाडौँ – राहदानी विभागले मङ्सिरमा अघि बढाएको ६० लाख थानभन्दा

कांग्रेस–एमालेबीच तीन किचलो : भूमि, ‘कुलिङ पिरियड’ र तातेको शीतलनिवास

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेबीच खटपट देखिएको

आवश्यकताअनुसार संविधान संशोधन हुन्छ : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यकताअनुसार संविधान