भारत र फिजीका रक्षा अधिकारीबीच बैठक सम्पन्न « Khabarhub

भारत र फिजीका रक्षा अधिकारीबीच बैठक सम्पन्न


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत र फिजीका अधिकारीबीच रक्षा सहकार्यबारे संयुक्त कार्यसमूहको बैठक सम्पन्न भएको छ । फिजीको राजधानी सुभामा दुई मुलुकको संयुक्त कार्यसमूहको पहिलो बैठक सम्पन्न भएको हो ।

बैठकमा भारतका तर्फबाट रक्षा मन्त्रालयका सहसचिव विश्वेश नेगी र फिजीका तर्फबाट कार्यवाहक स्थायी रक्षासचिव सैनितिकी राभुसो सहभागी थिए । बैठकमा सैन्य प्रशिक्षण, क्षमता अभिवृद्धि र द्विपक्षीय सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

पछिल्लो समय फिजी र भारतबीचको सम्बन्ध थप गहिरो बन्दै गएको एएनआईले उल्लेख गरेको छ । भारत फिजीको महत्वपूर्ण विकास साझेदारका रुपमा रहेको छ ।

त्यसबाहेक दुई मुलुकबीच जनस्तरको सम्बन्ध पनि प्रगाढ रहेको बताइएको छ । फिजीबाट हरेक वर्ष सयौँ विद्यार्थीहरु उच्च शिक्षाका लागि भारत आउने गरेका छन् । भारतबाट पनि फिजीमा ठूलो सङ्ख्यामा पर्यटकहरु जाने गरेका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ६ : ५९ बजे

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

तेहरान- इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको

धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि (तस्बिरहरु)

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती