लेबनान छाड्न आफ्ना नागरिकलाई बेलायतको आग्रह « Khabarhub

लेबनान छाड्न आफ्ना नागरिकलाई बेलायतको आग्रह


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

लन्डन – इजरायल र हेजबुल्लाहबीच चौतर्फी युद्ध र व्यापक क्षेत्रीय द्वन्द्वको डरबीच बेलायत सरकारले लेबनानमा रहेका आफ्ना नागरिकलाई तत्काल देश छोड्न आग्रह गरेको छ ।

बेलायती विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बेलायती नागरिकले लेबनान छोड्नुपर्ने यसबाट सिर्जना हुने व्यावसायिक विकल्प उपलब्ध रहेको जनाएको छ ।

विदेशमन्त्री डेभिड ल्यामीले भने, “तनाव उच्च छ र स्थिति चाँडै बिग्रन सक्छ ।” “हामी लेबनानमा हाम्रो कन्सुलर उपस्थितिलाई बलियो बनाउन अहोरात्र काम गरिरहेका छौं, त्यहाँ रहेका बेलायती नागरिकहरूलाई मेरो सन्देश स्पष्ट छ अब लेबनान छोड्नुहोस् ।”

विदेश मन्त्रालयले उक्त क्षेत्रमा ‘सीमा बल, कन्सुलर अधिकारी र सैन्य कर्मीहरू’ तैनाथ गरेर बेलायतीहरूका लागि आफ्नो सहयोगलाई ‘मजबुत’ बनाइरहेको बताएको छ ।

“अधिकारीहरूले दूतावासका कर्मचारीहरूलाई ‘अतिरिक्त सहयोग’ प्रदान गर्नेछन् भने सैन्य कर्मचारीहरूले दूतावासहरूलाई ‘बेलायती नागरिकहरूलाई मद्दत गर्न परिचालन सहयोग’ प्रदान गर्नेछन्,” मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

“मानवीय आवश्यकताका साथ सहयोगीहरूलाई सहयोग गर्न पूर्वी भूमध्यसागरमा पहिल्यै देखि नै आरएफए कार्डिगन बे र एचएमएस डङ्कनसँग अवतरण भइसकेका छन् भने वायु सेनाले हेलिकप्टरहरू पनि तयारी अवस्थामा राखेको छ,” विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले निर्देशनमा भनेको छ, “लेबनानबाट बाहिरिने सडकसहित मार्गहरू प्रभावित, सीमित, वा बन्द हुने सम्भावनासँगै बेलायती टोलीहरूले आफ्ना नागरिकहरूलाई लेबनान छोड्न आग्रह जारी राख्नेछन् र उनीहरूलाई व्यावसायिक विकल्पहरू उपलब्ध हुनेछन् ।”

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  १० : ५४ बजे

परराष्ट्रमन्त्री शर्मालाई रुसी विदेशमन्त्रीको शुभकामना

काठमाडौं– रुसी महासङ्घका विदेशमन्त्री सर्गेई लावरोभले परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त

रुसी राष्ट्रपतिको निवासमा निशाना बनाएको ड्रोन खसालिएको दाबी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पु्टिनको निवासलाई लक्षित गरेको ड्रोनलाई रूसी

स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन

वालिङ– स्याङ्जाबाट यस वर्ष एक अर्ब ३२ करोडभन्दा बढी मूल्यको

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर