झापामा हात्तीबाट धानबाली जोगाउन ‘मोबाइल फेन्सिङ’ « Khabarhub

झापामा हात्तीबाट धानबाली जोगाउन ‘मोबाइल फेन्सिङ’


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

झापा– जङ्गली हात्तीबाट धानबाली जोगाउन कोशी प्रदेशमा पहिलोपटक मेचीनगरमा ‘मोबाइल फेन्सिङ’ लगाउन सुरु गरिएको छ ।

मेचीनगर नगरपालिका–१ र ४ को पाँच सय बिघा जमिनमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को आर्थिक सहयोग र उज्यालो नेपाल बर्दियाको प्राविधिक सहयोगमा मोबाइल फेन्सिङ (घुम्ती घेराबेरा) सुरु गरिएको वडा नं ४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले बताए ।

मोबाइल फेन्सिङका कारण ३०० भन्दा बढी किसानको धानबाली हात्तीबाट जोगाउन सकिने उनले विश्वास व्यक्त गरे । ‘धान पाक्न सुरु भएपछि भारतबाट हुल बाँधेर आउने जङ्गली हात्तीबाट जोगाउन मुस्किल छ’, कार्कीले भने, ‘किसानहरूको बाली जोगाउन मोबाइल फेन्सिङ गरेका हौँ । कति सफल हुन्छ हेर्न बाँकी छ ।’

उनका अनुसार मेचीनगर नगरपालिका–४ को आलेटुङ्गबाट आमडाँगी बिजुवासम्म मेचीखोलातर्फको धानखेतीमा तीन बिघा तीनतिरबाट फेन्सिङ गरेर घेरिनेछ । बाँकी वडा नं १ मा दुई सय बिघा यसैगरी घेराबेरा गरिने उनले बताए ।

उनले स्थानीय क्षेत्रमा पाइने बाँसको पोल, खानेपानीको पाइप र विद्युत् प्रवाह हुने नाङ्गो तारबाट फेन्सिङको संरचना निर्माण गरिएको जानकारी दिए । सौर्य ऊर्जामार्फत सञ्चालित यो प्रविधि हात्ती धपाउन यसअघि बर्दिया जिल्लामा मात्र प्रयोग भएको थियो । यसबाट प्रवाह हुने विद्युतीय करेन्टले बाली खान आउने हात्तीलगायत जनावरलाई झट्का दिएर धपाउने उनले बताए ।

उज्यालो नेपाल बर्दियाका प्रतिनिधि रमेशकुमार थापाले बर्दियाको मधुवन नगरपालिकामा यो प्रविधिको सफल परीक्षण भइसकेको हुँदा झापामा पनि प्रयोग गरिएको बताए । उनले इसिमोडको १३ लाख रुपैयाँ आर्थिक सहयोगमा मोबाइल फेन्सिङ गरिएको उल्लेख गरे ।

‘हामी बर्दियामा पहिलोपटक गरिएको परीक्षणमा सफल भयौँ, यहाँ दोस्रोपटक परीक्षण गर्दैछौँ, सफल हुनेमा हामी ढुक्क छौँ’, उनले भने । धानखेती मात्र नभएर अन्य खेतीमा समेत सो प्रविधिको प्रयोग गर्न मिल्ने हुँदा आवश्यकतानुसार यसलाई ठाउँ सारेर प्रयोग गर्न मिल्ने उनले बताए ।

हाल झापाको जङ्गल वरिपरि सयौँ किलोमिटर लामो स्थायी सोलार फेन्सिङ निर्माण भइसकेको छ । भारतबाट हात्तीको हुल प्रवेश गर्न नसकोस् भनेर मेची नदीको किनारस्थित मेचीनगर–१, २, ३ र ४ मा १९ किलोमिटर लामो स्थायी सोलार फेन्सिङ रहेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ८ : २८ बजे

रसुवागढी नाका आजदेखि सञ्चालन

रसुवा–  नेपालको उत्तरी रसुवागढी अन्तरराष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको

भू-क्षय रोक्न स्याली नदीमा तटबन्ध निर्माण

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका-६ करौलमा भू-क्षय नियन्त्रणका लागि स्याली नदीमा तटबन्ध

सन् २०२५ मा १२८ पत्रकारको हत्या

ब्रसेल्स– सन् २०२५ मा विश्वभर कुल १२८ जना पत्रकारको हत्या

वाल्मीकि आश्रम जोड्ने पुल सञ्चालनमा ढिलाइ

चितवन– पवित्र धार्मिक तीर्थस्थल वाल्मीकि आश्रम पुग्ने झोलुङ्गे पुल निर्माण

मेचीनगरलाई क्षयरोगमुक्त पालिका घोषणा गर्ने लक्ष्य

झापा– बिगत तीन वर्षयता बिरामीको खोजपड्ताल अभियानमार्फत मेचीनगरमा ६६१ क्षयरोगीका