शेखर कोइराला भन्छन्- सरकारमा केही कमजोरी देखियो आवाज बुलन्द गर्नुपर्छ | Khabarhub Khabarhub

शेखर कोइराला भन्छन्- सरकारमा केही कमजोरी देखियो आवाज बुलन्द गर्नुपर्छ


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस एमाले लगायत साना दलको गठबन्धन सरकार ठिक ढंगले अगाडि बढ्ने बताएका छन् ।

संसद्का दुई ठुला राजनीतिक दल एकै ठाउँमा उभिएर सरकार निर्माण गर्दा निरङ्कुशता जन्म नसक्ने शंका उब्जिएको भन्दै आवाज उठाउन सक्यौँ भने पक्कै पनि ठिक ट्र्याकमा अघि बढ्ने दाबी गरे ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षणमा बोल्दै उनले भने, ‘अहिले कहिँकतै यो सरकारमा केही कमजोरीहरू देखियो भने हामीले आवाज बुलन्द गर्नुपर्छ। किनभने दुई वटा ठुला दल सरकारमा छन् । दुई वटा ठुला दल एकै ठाउँमा भएपछि निरङ्कुशता जन्मने पनि त्यतिकै शंका छ। धेरैलाई शंका छ। हामीहरूले आवाज उठाउन सक्यौँ भनेर पक्कै पनि ठिक ट्र्याकमा अघि बढ्छ।’

उनले अगाडि भने, ‘कता कता हामीहरू अलमलिएको, अल्झिएको हो कि जस्तो मलाई पनि लाग्छ ।’

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ५ : २७ बजे

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न

एकमहिने गुँला पर्व सम्पन्न

भक्तपुर – चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध

साफ यु–१७ च्याम्पियनसिप : नेपाल बङ्गलादेशसँ पराजित

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ महिला च्याम्पियनसिपमा

हर्सोल्लासका साथ मनाइयो ‘अटवारी’

कैलाली – कैलालीका थारू बाहुल्य गाउँ तथा बस्तीमा आज हर्सोल्लासका