एकदिवसीय सिरिज : भारतविरुद्ध श्रीलंकाको शानदार जित « Khabarhub

एकदिवसीय सिरिज : भारतविरुद्ध श्रीलंकाको शानदार जित


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रीलंकाविरुद्धको एकदिवसीय श्रृङलाको दोस्रो खेलमा भारत पराजित भएको छ । आइतबार कोलम्बोस्थित आर प्रेमदासा क्रिकेट स्टेडियममा भएको खेलमा भारत ३२ रनले पराजित भएको हो ।

जितका लागि २४१ रनको लक्ष्य पछ्याएको भारत ४२.२ ओभरमा अलआउट हुँदै मात्र २०८ रन बनायो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ६४ रन बनाए । त्यस्तै अक्षर पटेलले ४४, शुभमन गिलले ३५ रनको योगदान दिए । अन्य खेलाडीको ब्याटिङ उल्लेखनीय रहेन् । श्रीलंकका लागि जेफ्री वान्डरसेले ३३ रन खर्चिएर सर्वाधिक ६ विकेट हात पारे । चरित असालान्काले ३ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २४० रन बनाएको थियो । उसका लागि कामिन्दु मेन्डिस र अविष्का फर्नान्डोले समान ४० रन बनाए । त्यस्तै कुसल मेन्डिसले ३० रन बनाए ।

भारतका लागि वासिङ्टन सुन्दरले तीन तथा कुलदीप यादवले दुई विकेट लिए । यसअघि सिरिजकाे पहिलाे खेल बराबरीमा सकिएकाे थियाे । याेसँगै श्रीलंकाले १-० काे अग्रता बनाएकाे छ ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  १० : ५६ बजे

तीन दिनसम्म वर्षाको सम्भावना, लगातार झरी नपर्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले तीन दिनसम्म वर्षाको सम्भावना

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न