पुरुषले विवाह अघि बोल्ने ७ झुट, तपाईं फस्नु त भएन ? | Khabarhub Khabarhub

पुरुषले विवाह अघि बोल्ने ७ झुट, तपाईं फस्नु त भएन ?


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

विवाह एक पवित्र बन्धन हो । विवाहसंगै पुरुष र महिला हरेक तवरबाट एक अर्काबिच भावानात्मक रुपमा नजिक हुन्छन् । विवाह सबै ब्यक्तिका लागि महत्वपुर्ण तथा निर्णायक कदम हो । विवाह अघि धेरैको आआफ्नै केहि न केहि विगत हुन्छ । जसलाई आफ्नो हुनेवाला जिवनसाथि माझ साझा गरेमा भोलि त्यसबाट समस्या उत्पन्न नहुन सक्छ । तर के तपाईलाई थाहा छ, विवाह हुनुअघि पुरुषले महिलालाई प्रभावित गर्न केहि झुटहरु बोलेका हुन्छन् । विवाह अघि केटाहरुले बोल्ने झुटहरु यस्ता छन् :

१. अहिलेसम्म मेरो कोहीसँग अफियर नै चलेको छैन : विवाह अगाडि अधिकाशं पुरुषले बोल्ने सबैभन्दा ठुलो झुट नै यहि हो । केटाहरुका चाहे जति जना गर्लफ्रेण्ड हुन्, विवाह अघि त्यसलाई नर्काने गर्दछन् ।

२. तिमी मात्र एकजोर लुगामा आऊ : मन परेको केटिलाई विवाह अघि केटाले बोल्ने अर्को झुट विवाहको कुनै तयारी नगरी आफुले लगाएको लुगामा मात्र घर आउन भन्छन् । यर्थाथमा उनीहरुले त्यसो भन्नुको पछाडि मन परेको मान्छेलाई गुमाउन नचाहानु र केटिलाई प्रभावित पार्नु नै हो ।

३. विवाह पछि म यो सब छोडिदिन्छु : अधिकाशं केटाले विवाहअघि बोल्ने अर्को झुट भनेको आफुमा रहेको कुनै खराब अम्मल अर्थात मद्यपान, धुम्रपान, सुर्ति लगायतको सेवन गर्ने बानि विवाह पछि छोड्ने बताउछन् ।

४. तिम्रो र मेरो परीवार दुबै बराबर : केटाले विवाह गर्नु अघि घर पक्ष र ससुराली पक्ष दुबै बराबर हुने बताउँछन् । दुबै तर्फको परीवारलाई समान ब्यवहार गर्ने उनिहरुको प्रतिवद्धता हुन्छ जो कालान्तरमा अधिकांश केटाहरु पुरा गर्न सक्दैनन् ।

५) तिमी संसारको सबैभन्दा राम्री छौ : हरेकलाई थाहा छ, सुन्दरताको कुनै स्पष्ट परिभाषा हुदैन । हरेक सुन्दरता हेर्ने दृष्टिमा भर पर्छ । तर विवाह अघि केटाले केटिलाई आर्कषित गर्न उनि नै संसारको सबैभन्दा राम्री भएको झुट बोल्छन् । यर्थाथ संसारमा अरुपनि धेरै राम्रा हुन्छन् ।

६) तिमी नै मेरो सबैथोक हौ : विवाहअघि केटाले केटिलाई तिमी नै मेरो सर्वश्व हौ भनेर मख्ख पार्छन् । तर विवाहको केहि समयपछि विस्तारै केटाहरु समय दिन सक्दैनौ । साथै श्रीमतीले भनेको कुरा समयमा पुरा गर्न सक्दैनन् ।

७. हरेक रुपमा तिमी मलाई सुन्दर लाग्छौ : विवाह अघि पुरुषले हुनेवाला जीवनसाथिलाई उनी हरेक रुपमा राम्री लाग्ने बताउछन् । शुरु शुरुमा श्रीमतीका हरेक कुरा मनपर्ने श्रीमानलाई पछिपछि उनको त्यहि बानि तथा पहिरनमा कमजोरी देख्न थाल्छन् ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  १० : १९ बजे

सिटौलाको ‘धर्तीको ध्वनि’ लाई अनेसासको सर्वोत्कृष्ट पुरस्कार

काठमाडौं– अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले यस वर्षको ‘अनेसास लक्ष्मण

शिवश्री हाइड्रो र सिटी होलटको हकप्रद निष्कासन हुने 

काठमाडौं– शिवश्री हाइड्रोपावर लिमिटेड र सिटी होटल लिमिटेडको हकप्रद शेयर

प्रेम विवाह गर्ने जोडीको सार्वजनिक ह*त्या

काठमाडौं– पाकिस्तानको दक्षिण–पश्चिम प्रान्त बलुचिस्तानमा प्रेम विवाह गरेका एक जोडीलाई

किशोरी डिम्ब कारोबार घटनाबारे छानबिन गर्न समिति गठन 

काठमाडौं– नि:सन्तान उपचारका केन्द्रका नाममा खुलेका दुई आईभीएफ सेन्टरमाथि छानबिन

कर्मचारी सञ्चय कोषको योगदानमा आधारित निवृत्तभरण कोषमा करिब चार हजार बढी कार्यालय आबद्ध

काठमाडौं– कर्मचारी सञ्चय कोषबाट संचालित योगदानमा आधारित निवृत्तभरण कोषमा आबद्ध