दुई मिनेट मात्र रविलाई भेटेकी नायिका श्वेताले लेखिन् यस्तो भावूक स्टाटस « Khabarhub

दुई मिनेट मात्र रविलाई भेटेकी नायिका श्वेताले लेखिन् यस्तो भावूक स्टाटस


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

चितवन– शालिकराम पुडासैनी प्रकरणमा हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई भेट्न पुगेकी नायिका स्वेता खड्का निकै भाबुक बनिन् ।

रविलाई भेटर फर्किएपछि उनले सामाजिक सञ्जालमा भावूक स्टाटस लेखेकी छिन् । कसुर सावित नभए तापनि कसुरदार सरह जीवनयापन गरिरहेका रविलाई २ मिनेट भेट्दा उनले आफ्नो स्वास्थ्य अवस्था मात्र होइन सिन्धुपाल्चोकमा निर्माणाधीन माझी बस्तिकोबारेमा सोधेपछि श्वेता आफू निकै भावूक बनेको जनाएकी छिन् ।

‘निस्चित अवधिभित्र, समुहमा भेट्नुपर्ने नियमानुसार हाम्रो ठूलो टोली रवी दाईलाई भेट्न गएका थियौ । रवी दाईलाई कैदीको रुपमा टाढैबाट पहिलो र्दश्य मेरो आँखामा पर्दा मनमा चसक्क काँडा बिझेसरी भयो ।’ नायिका स्वेताले
लेखेकी छिन् ।

“यो अँधेरो केहिबेरको लागी मात्र हो , भोलि बिहान फेरी सूर्य उदाउने छ र नयाँ दृश्य छर्लङ्ग देखिनेछ ” आदरणीय रवी लामिछाने दाईसंग आज भरतपुर कारागारमा भेट्दा उहाँले बोलेको यो वाक्यले मेरो मन छोयो- स्वेताले लेखेकी छिन् ।

उनले फेसबुकमा लेखेको स्टाटस जस्ताको तस्तै

“यो अँधेरो केहिबेरको लागी मात्र हो , भोली बिहान फेरी सुर्य उदाउने छ र नयाँ द्रुश्य छर्लङ्ग देखिनेछ ” आदरणीय रवी लामिछाने दाईसंग आज भरतपुर कारागारमा भेट्दा उहाँले बोलेको यो वाक्यले मेरो मन छोयो ।

कसुर सावित नभएतापनी कसुरवार सरह जिवन यापन गरिरहेका रवी दाइसंगको २ मिनेटको त्यो भेटमा उहाँले मेरो स्वास्थ्य अवस्था मात्र होईन सिन्धुपाल्चोकमा निर्माणाधिन माझी बस्तिको बारेमा पनि सोध्न भ्याउनुभयो ।

म, रवी दाईसंग जेल भित्र २ मिनेटको भलाकुसारी गरिरहंदा बाहिर उनै रवी दाईको समर्थनमा घन्किरहेको केहि नाराहरुले हामी बिचको संवादमा अवरोध खडा गरिरहेको थियो । ३६ डिग्री को उग्रतापमा गुन्जिरहेको ” हाम्रो देश, हाम्रो रवी , प्राण भन्दा प्यारो छ ” भन्ने आवाजलाई म स्पस्ट सुनिरहेको थिएँ । त्यही आवाजका बिचमा हाम्रो संवाद चलिरहेको थियो ।
*************************************
निस्चित अवधिभित्र, समुहमा भेट्नुपर्ने नियमानुसार हाम्रो ठुलो टोली रवी दाईलाई भेट्न गएका थियौ । रवी दाईलाई कैदीको रुपमा टाढैबाट पहिलो द्रुश्य मेरो आँखामा पर्दा मनमा चसक्क काँडा बिझेसरी भएको थियो ।

त्यती खेरै मैले सम्झें, केहि बर्ष अगाडी मैले रवी दाईको बारेमा सम्प्रेशण गरेको लेख । रबी लामिछाने जस्ता न्यायिक ब्यक्तिको पक्षमा लेखिएको मेरो त्यो लेखको सिर्सक भित्र लुकेको भावलाई नपढी धेरै ब्यक्तीले मलाई नकारात्मक प्रतिकृया दिए । मलाई अपाच्य हुनेखालका अपशब्दहरु प्रयोग गरिए ।

तर म , सँधै न्याय र सामाजिक हितको पक्षमा उभिने एउटी अवला नारी । मैले आजसम्म कुनै राजनैतिक दलको सदस्यता लिइनँ र कुनै ब्यक्तिलाई कुनै एउटा राजनैतिक दलको कार्यकर्ताको रुपमा ब्यवहार वा सोही अनुरुपको संगत गरिंन । मलाई मानवियता भन्दा कुनै दल , धर्म वा बर्ग ठुलो छ जस्तो कहिल्यै महुसुस भएन ।

जतिखेर मैले “रवी लामिछाने दाई जस्तो असल ब्यक्ती सतिले सरापेको यो देशमा काम छैन र उहाँलाई टुँडिखेलमा लगेर फाँसी दिईनुपर्छ ” भन्ने लेख सम्प्रेशण गरेको थिएँ त्यो बेला नेपाली कँग्रेसको सरकार थियो र मलाई त्यसबेला कंग्रेसका झोलेहरुले नेकपा एमाले या माओवादीको दिएका थिए ।

आज म , रवी दाईलाई चितवनामा भेटेर फर्किरहँदा यतिखेर नेकपा को सरकार छ । अब म ढुक्क छु , मलाई नेकपाका केहि झोले कार्यकर्ताहरुले अब नेपाली काँग्रेस वा राजावादी दलको वात लगाउनेछन ।

मलाई कहिले काँग्रेस , कहिले एमाले या माओवादीका साथै राजावादी दलको सकृय कार्यकर्ताको वात लाग्नु कुनै नौलो पनि रहेन । यदी ”राम्रो मान्छेलाई हाम्रो मान्छे” को रुपमा लिंदा कुनै दल वा वर्गको आरोप लाग्छ भने म त्यो आरोपलाई सहर्श स्विकार गर्न तयार रहन्छु । मलाई आरोपका कुनै कुराहरुले फरक पर्ने वाला छैन ।

म न्यायप्रेमी नारी , म स्वतन्त्रताको पक्षधर । मलाई निस्पक्ष र निस्कपट छानविनको अन्तिम निर्णय मान्य हुनेछ ।

सालिकराम पुडासैनीकी बिधुवी श्रीमती सम्झना पुडासैनीको उजाड सिउँदो र रवी लामिछाने दाईकि निर्दोश श्रीमती निकिता पौडेलले पनि न्याय पाउनु पर्छ । न्याय नडगमगाओस । जे भएको हो त्यही देखोयोस , जे वितेको हो त्यही लेखिओस । न्यायलय प्रतिको हाम्रो आस्था, बिस्वास र भरोसा ओइलाएर नजाओस । मेरो कामना ।??

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ११ : १२ बजे

साफ महिला च्याम्पियनसिप : नेपाल र बङ्गलादेश खेल्दै

कास्की– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल

सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट

काठमाडौं– सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक

भरतपुरमा नयाँ औषधि उद्योग स्थापना गरिँदै

चितवन– देउराली–जनता फार्मास्युटिकल्स प्रालिले भरतपुरमा अत्याधुनिक नयाँ उद्योग स्थापना गर्ने

अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र

बाँके– जिल्ला निर्वाचन कार्यालय बाँकेले अस्थायी मतदाताका लागि तीन मतदान

शरीर बन्धक बनाएको अभियोगमा दुई जना पक्राउ

सिरहा– वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाएर एक युवकलाई