बंगलादेशको हिंसाबारे भारतलाई नोबेल विजेता युनुसको प्रश्न- भाइको घर जलिरहँदा चुप बस्न मिल्छ ? | Khabarhub Khabarhub

बंगलादेशको हिंसाबारे भारतलाई नोबेल विजेता युनुसको प्रश्न- भाइको घर जलिरहँदा चुप बस्न मिल्छ ?


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.1k
Shares
  • change font
  • change font
  • change font

ढाका- बंगलादेशका नोबेल पुरस्कार विजेता मोहम्मद युनुसले त्यहाँ भइरहेको प्रदर्शनलाई भारतले आन्तरिक मामिला भनेपछि आक्रोश पोखेका छन् ।

नोबेल पुरस्कार विजेता युनुसले भारत बंगलादेशमा जारी प्रदर्शन देशको आन्तरिक मामिला भनेर गरिएको टिप्पणी दु:खदायी भएको बताएका हुन् ।

अर्थशास्त्री मोहम्मद युनुसले बंगलादेशमा भइरहेको विद्यार्थीहरूको प्रदर्शनमा भारतको भनाइनलाई निराशाजनक भनेका छन् ।

उनले चेतावनी दिँदै बंगलादेशमा देखिएको अशान्ति छिमेकीसम्म पनि फैलिन सक्ने बताएका छन् ।

मोहम्मद युनुसले ‘इन्डियन एक्सप्रेस’ पत्रिकासँग कुरा गर्दै भारतले आन्तरिक मामिला भनेर गरेको टिप्पणीप्रति आफूलाई दु:ख लागेको बताएका हुन् ।

उनले भने, ‘जब तपाईंको भाइको घरमा आगो लाग्यो भने कसरी त्यो आन्तरिक मामिला हो भनेर तपाईं मौन बस्न सक्नु हुन्छ ?’

उनले कूटनीतिमा अझै अरु शब्दहरू भारतले व्यक्त गर्न सक्ने बताए । ‘कूटनीतिमा अझै अरु समृद्ध शब्द पनि छन् कुरा राख्नका लागि केबल यो आन्तरिक मामला भनिनु काफी होइन ।’

अघिल्लो महिना भारतले बंगलादेशको सरकारी जागिरमा आरक्षणलाई लिएर विद्यार्थीको हिंस्रक प्रदर्शनलाई लिएर टिप्पणी गर्न अस्वीकार गरेको थियो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले त्यसबेला भनेका थिए, ‘हामी यसलाई बंगलादेशको आन्तरिक मामिलाका रुपमा लिन्छौँ ।’

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  १२ : ५५ बजे

प्रथम कोशी प्रदेश स्तरीय बास्केटबल प्रतियोगिता हुने

सुनसरी– धरान बास्केटबल संघको आयोजनामा असार ५ गतेदेखी धरानको डिपो

अज्ञात समूहबाट तिला गाउँपालिकाको गाडी तोडफोड 

सुर्खेत– जुम्लाको तिला गाउँपालिकाको सरकारी गाडीमा तोडफोड भएको छ ।

पाँच महिनामा थपिए ५२ एचआइभी सङ्क्रमित

चितवन– जिल्लामा गत पाँच महिनामा ५२ नयाँ एचआइभी एड्स सङ्क्रमित

साझेदारी र कनेक्टिभीटी नेपाल-भारत साझा समृद्धिका आधार : परराष्ट्रमन्त्री  

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल भारतबीचमा विभिन्न क्षेत्रमा

गर्मीमा ‘लू’ बाट कसरी बच्ने, यी हुन् ६ उपाय

काठमाडौं– पछिल्ला दिनयता गर्दै गर्मी बढ्दै गइरहेको छ । चर्कँदो