गर्मीमा ‘लू’ बाट कसरी बच्ने, यी हुन् ६ उपाय « Khabarhub

गर्मीमा ‘लू’ बाट कसरी बच्ने, यी हुन् ६ उपाय


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्ला दिनयता गर्दै गर्मी बढ्दै गइरहेको छ । चर्कँदो घामसँगै बढेको गर्मीमा तातो हावा चल्न सुरु हुने भएकाले तराईमा ‘लू’ को समस्या हुन सक्छ । यस्तोमा गर्मी र लूबाट बच्न निकै सतर्कता अपनाउनु पर्दछ ।

नत्र यसले ज्यानसमेत लिन सक्ने चिकित्सकहरूको भनाइ छ । गर्मी मौसममा विषेशगरी वैशाखदेखि भदौसम्म तराईमा उष्ण र शुष्क हावा बहन थाल्छ, जसलाई ‘लू’ भनिन्छ । सामान्य भाषामा ‘लू’ लाग्नुलाई गर्मी मौसमको रोग भनेर पनि चिनिन्छ ।

अत्यधिक गर्मीका कारण शरीरबाट धेरै पसिना बग्दछ । जसकारण शरीरमा नुन र पानीको कमी हुन्छ । यसले शरीरको रगतमा तापमान वृद्धि गर्छ । शरीरमा पानीको मात्रा कमी हुनु नै लू लाग्नु हो ।

लुका लक्षणहरू

१. उच्च ज्वरो

२. चक्कर लाग्नु वा बेहोस हुनु

३. गम्भीर टाउको दुखाइ

४. छाला रातो र सुख्खा हुनु

५. मांसपेशी कमजोरी वा ऐंठन

६. सास फेर्न कठिनाइ

७. उल्टी वा वाकवाकी

लू लग्दा के गर्ने ?

जो कोहीलाई पनि लू लागेको थाहा पाउन साथ तत्काल अस्पताल नै जानु पर्छ । तर कतिपय अवस्थामा अस्पताल पुग्न सकिएन भने घरमा पनि केही प्राथमिक उपचार गर्न सकिन्छ ।

– लूको पहिलो उपचार भनेको शरीरको तापक्रम कम गर्नु हो । त्यसैले ‘लू’ लागेको मान्छेलाई तुरुन्त शीतल, स्वच्छ हावा र वातावरण चिसो भएको राम्रो ठाउँमा सुताउनुपर्छ ।

– बिरामीलाई तुरुन्तै प्याजको रसमा थोरै मह मिसाएर पिउन दिनु पर्छ ।

– दही लगायत मौसमी फलफूलहरू अंगुर, खरबुजा, काक्रो र मौसमको रस लू ग्रस्त बिरामीलाई पिउन दिनुपर्छ ।

– बिरामीको शरीरमा चिस्याउन चिसो पानी वा बर्फले बारम्बार पट्टी गर्ने ।

– पानीमा ग्लुकोज मिसाएर पिउने वा कागतीको सर्बत पिउने ।

– कुनै कपडालाई पानीमा भिजाएर बिरामीको जिउ पुछ्ने । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  १२ : ३७ बजे

‘संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार’ 

दाङ–  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान राजनीतिक स्थायित्व, सामाजिक

प्रदेश खारेज गरी हिन्दु अधिराज्य स्थापना गर्नुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा संसदीय दलका

संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले संविधानप्रदत्त अधिकार नागरिकको दैनिक

चितवन निकुञ्जको ‘सेलिब्रेटी’ हात्ती रोनाल्डो मृत भेटियो, करेन्ट लागेको प्रारम्भिक आशंका

चितवन– चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा चर्चित जंगली

संविधान दिवसमा रविले भने- ‘अबको समीक्षा पिँधमा रहेका मान्छेलाई केन्द्रमा राखेर हुनुपर्छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान दिवसका अवसरमा