सार्वजनिक लेखा समितिको नेतृत्व विपक्षीलाई दिन माग « Khabarhub

सार्वजनिक लेखा समितिको नेतृत्व विपक्षीलाई दिन माग


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको नेतृत्व विपक्षी दललाई दिन आग्रह गरेका छन् । 

प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शून्य समयमा उनले सार्वजनिक लेखा समितिको नेतृत्व विपक्षी दललाई दिन आग्रह हुन् ।  

‘प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख विपक्षी दललाई दिने लोकतान्त्रिक पद्धतिलाई पालन गर्न-गराउन सम्माननीय सभामुखज्यू र सम्मानित सदनको ध्यानाकर्षण गराउन चाहन्छु,’ पाण्डेले भने । 

सार्वजनिक लेखा समितिको संयोजक हाल सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेका सांसद ऋषिकेश पोखरेल छन् । 

उनी यसअघि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा पनि समितिको संयोजक थिए । तत्कालीन समयमा पनि एमाले सरकारमा सहभागी थियो ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  २ : ५७ बजे

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ

मोरङ– सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव

रिहाई प्रक्रियाका लागि रुपन्देही जाँदै रवि (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाई प्रक्रियाका लागि

दुनैमा भौतिक पूर्वाधार विकास गर्न १६ करोड बजेट

काँक्रेविहार– डोल्पा सदरमुकाम दुनैलाई व्यवस्थित बनाउन भौतिक पूर्वाधार विकासको तयारी

रवि छुट्ने भएपछि निकिता लेख्छिन् – बेइमानको रजगजमा नखाएको विष लाग्ने रहेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने रिहा

रास्वपाको महत्वपूर्ण चार बुँदे सूचनामा के छ ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘पार्टी एकीकरण प्रक्रियाबाट जोडिएका