८ वर्षपछि फिल्ममा फर्किए राजेश हमाल  « Khabarhub

८ वर्षपछि फिल्ममा फर्किए राजेश हमाल 


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं लामो समय फिल्मबाट विश्राम लिएका नायक राजेश हमाल पुनः ठूलो पर्दामा फर्किने भएका छन् । उनको कमब्याक रहने फिल्मको नाम भने घोषणा भएको छैन । 

हमालले दिवाकर भट्टराईको निर्देशन रहने एक ‘अनटाइटल’ फिल्मका लागि आइतबार सम्झौता गरेका हुन् । सम्झौतापछि उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘लामो अन्तरालपछि दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्ममा काम गर्दैछु ।’

हमाल पछिल्लो फिल्म ‘सकुन्ता’मा देखिएका थिए । सो फिल्म प्रदर्शनमा आएको करिब ८ वर्ष भएको छ । उनी म्युजिक भिडियोमा र व्यवसायिक विज्ञापनमा अभिनय गर्दै आएका छन् । 

विभिन्न सार्वजनिक कार्यक्रममा उनले उपयुक्त स्क्रिप्ट खोजीमा फिल्मबाट विश्राम लिएको बताउँदै आएका थिए । 

निर्माण पक्षकाअनुसार केही दिनमा फिल्मको नाम र अन्य कलाकार सार्वजनिक हुनेछ । भदौ महिनाबाट छायांकनमा निस्कने तयारीमा निर्माण पक्ष रहेको छ । फिल्म एक्सन प्रधान रहेको निर्देशक भट्टराईको भनाइ छ । 

निर्देशक भट्टराईका अनुसार कथा मन परेका कारण हमाल फिल्म खेल्न राजी भएका हुन् । यो फिल्मबाट राजेश हमालको उत्कृष्ट कमब्याक हुने उनको दाबी छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ३ : ३३ बजे

दरवाङमा सडक कालोपत्र गर्न थालियो

दरवाङ– म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङ बजारको सडक कालोपत्र गर्न थालिएको

झापामा घट्दै चैते धानको क्षेत्रफल र उत्पादन

बनियानी– जिल्लामा पछिल्लो तीन वर्षयता चैते धानको क्षेत्रफल र उत्पादन

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौं- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

मानव अधिकार आयोगसँग ओलीले मागे जेन-जी आन्दोलनको प्रतिवेदन

काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी आन्दोलनको छानविन प्रतिवेदन र

सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढे

काठमाडौं– विगत पाँच वर्षमा क्यान्सरका बिरामी करिब दोब्बरले बढेका छन्