यु–१९ एसिया कप खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा, ३ खेलाडीलाई पुनरागमनको मौका « Khabarhub

यु–१९ एसिया कप खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा, ३ खेलाडीलाई पुनरागमनको मौका


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  एसियन क्रिकेट काउन्सिल (एसीसी) यु–१९ एसिया कपका लागि नेपाली युवा टोलीको घोषणा भएको छ । रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।

एसीसी इस्टर्न रिजन क्रिकेका क्रममा टोलीमा नपरेका सन्दीप जोरा, आसिफ शेख र सूर्य तामाङले एसिया कपका लागि छनोट भएको १५ सदस्यीय टोलीमा स्थान बनाएका छन् ।

टोलीका कप्तान पौडेलसँगै रित गौतम, पवन शरार्फ, मोहम्मद आसिफ शेख, सन्दिप जोरा, भीम सार्की, हरि बहादुर चौहान, कुसल मल्ल, राशिद खान, कमलसिंह ऐरी छन् । यस्तै, सागर ढकाल, खड्क बहादुर बोहरा, सूर्य तामाङ, लोकेस बहादुर बम र प्रतिश जिसी टोलीमा छन् ।

यस्तै, टोलीको मुय प्रशिक्षकमा विनोद कुमार दास र ब्याटिङ कन्सल्ट्यान्टका रुपमा अपुर्व देशाइ रहेका छन् भने राजु खड्का टिमको व्यवस्थापक छन् । श्रीलंकामा हुने एसिया कपका लागि घोषणा भएको टोलीमा फिजियोमा विक्रम न्यौपाने र ट्रेनरमा सुवास पेट्रो रहेका छन् ।

युवा टोली श्रीलंका आउँदो शनिबार प्रस्थान हुनेछ भने त्यहाँ रहँदा तीन खेल खेल्ने बताइएको छ । एसिया कप भने सेप्टेम्बर ५देखि १४ सम्म चल्नेछ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ११ : ४७ बजे

रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

काठमाडौं– रसुवाको टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीमा सशस्त्र

रसुवामा तिब्बततर्फबाट भीषण बाढी, बेत्रावती र त्रिशूली बजारका घर र पुल बगायो, पाँच जिल्लामा उच्च सतर्कता

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढीपछि त्रिशूली नदीको

भोटेकोसीमा एक्कासी बाढी आएपछि गृहमन्त्रीको उपस्थितिमा आकस्मिक बैठक जारी

काठमाडौँ– रसुवाको भोटेकोसी नदीमा एक्कासी भीषण बाढी आएपछि बाढीको अवस्थाबारे

भोटेकोसी बाढीका प्रत्यक्षदर्शी भन्छन्- अचानक हुरी, धुलो र लेदोसहित उर्लिएर सबै छोप्यो

काठमाडौं– रसुवाको टिमुरे क्षेत्रमा बुधबार चीनतर्फबाट ल्हेन्दे खोलो हुँदै भोटेकोसीमा

रसुवाको भोटेकोशी नदीमा भीषण बाढी, सचेत रहन आग्रह

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आएको छ । रसुवाका