भारतकी राष्ट्रपति मुर्मू वैदेशिक भ्रमणमा | Khabarhub Khabarhub

भारतकी राष्ट्रपति मुर्मू वैदेशिक भ्रमणमा


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतीय राष्ट्रपति द्रौपदी मुर्मू तीन राष्ट्रको भ्रमणको क्रममा सोमबार फिजी पुगेकी छिन् ।

राष्ट्रपति मुर्मू उनका फिजीका समकक्षी रतु विलियाम मैवालिली काटोनिभेरेको निमन्त्रणामा तय भएको राजकीय भ्रमणका क्रममा फिजी पुगेकी हुन् । फिजीमा रहँदा उनले फिजीका समकक्षी काटोनिभेरे र प्रधानमन्त्री सिटिभेनी राबुकासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम  छ । 

अगष्ट ५–६ को फिजी भ्रमणपछि उनी न्युजिल्यान्ड र टिमोरको लेस्टी भ्रमण गर्ने कार्यक्रम रहेको छ । फिजीमा राष्ट्रपति मुर्मूले त्यहाँको संसदलाई सम्बोधन गर्ने र प्रवासी भारतीयसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

भ्रमणको दोस्रो चरणमा राष्ट्रपति मुर्मु न्युजिल्यान्डका गभर्नर जनरल सिन्डी किरोको निमन्त्रणामा अगस्ट ७ देखि ९ सम्म न्युजिल्यान्डको भ्रमण गर्नेछिन् ।  न्युजिल्यान्ड  भ्रमणको क्रममा राष्ट्रपति मुर्मूले द्विपक्षीय बैठक तथा भेटवार्ता गर्ने  कार्यक्रम छ । न्युजिल्यान्डमा राष्ट्रपति मुर्मूले शैक्षिक सम्मेलनलाई सम्बोधन गर्ने र भारतीय समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ ।  

भ्रमणको अन्तिम चरणमा, राष्ट्रपति मुर्मुले टिमोर लेस्टीका राष्ट्रपति जोस रामोस–होर्टाको निमन्त्रणामा तिमोर लेस्टीको यात्रा गर्ने बताइएकोृ छ। उनले टिमोर लेस्टीका प्रधानमन्त्री जानाना गुस्माओसँग पनि भेटवार्ता गर्नेछिन् ।  

राष्ट्रपति मुर्मुको फिजी, न्युजिल्यान्ड र तिमोर–लेस्टीको भ्रमणले ती देशहरूसँगको द्विपक्षीय सम्बन्धमा भारतले दिएको महत्त्वलाई जोड दिने र प्रधानमन्त्री नरेन्द्र मोदीले दस वर्षअघि नवौँ पूर्वी एसिया शिखर सम्मेलनमा घोषणा गरेको ‘एक्ट इस्ट’ नीतिमा केन्द्रित रहने जनाइएको छ ।  

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ५ : २८ बजे

सूचना प्रविधिसँगै ‘कटुवाल प्रथा’

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–९ घतानका ६० वर्षीय दिलबहादुर दमाई र

८३ कैदीबन्दीले लगाए टीका

तनहुँ– विजयादशमीका दिन तनहुँ कारागारका ८३ जना कैदीबन्दीले आफन्तको हातबाट

बन्दीपुर घुम्न आएका विदेशीलाई दशैँको टीका

तनहुँ– तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटक

ह्यारिसको कबज बन्दै ओबामा

ठिक १६ वर्षअघि युवा जस्तो देखिने बाराक ओबामा ओहायोमा बसमा

दशैँ टीकाको आज दोस्रो दिन, मान्यजनबाट आशीर्वाद लिने क्रम जारी रहने

काठमाडौं– बडादशैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप