अनुमति नै नलिइ बालबालिकाको आरक्षण केन्द्र सञ्चालन गर्ने ३ जना पक्राउ « Khabarhub

अनुमति नै नलिइ बालबालिकाको आरक्षण केन्द्र सञ्चालन गर्ने ३ जना पक्राउ


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय प्रशासनबाट अनुमति नै नलिइ बालबालिकाको आरक्षण केन्द्र सञ्चालन गर्ने ३ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार काठमाडौंको बाफल बस्ने ४६ वर्षीय सुजित रायमाझीसहित ३ जनाले नमूना प्रगतिशील महिला समाज नामक संस्था खोलेर विभिन्न जिल्लाबाट ल्याएका बालबालिका राख्दै आएका थिए । तर, उक्त संस्था प्रशासन कार्यालयमा दर्ता नै नभएको पाइएको प्रहरीले जनाएको छ ।

बिना दर्ता र अनुमति बालिबालिका राखेको पाइएपछि ४६ वर्षीय रायमाझीसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुले आफ्नो संस्थामा ९ जना बालबालिका राखेको पाइएको छ । ९ जना बालबालिकालाई उद्दार गरी हेल्पलाइन कलंकीमा राखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका ३ जनामाथि नै थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  १२ : २० बजे

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय

पहाडका विभिन्न स्थानमा, तराईमा उखरमाउलो गर्मी कायमै

काठमाडौं – पछिल्लो केही दिनदेखि मौसममा बदली भई वर्षा बढ्न