प्रचण्डले पाए नेकपाको बैठक बोलाउने अधिकार « Khabarhub

प्रचण्डले पाए नेकपाको बैठक बोलाउने अधिकार


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा सचिवालय बैठक संचालन अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहिबार विहान बसेको पार्टीको सचिवालय बैठकले प्रधानमन्त्री ओली सिंगापुर रहेका बेला सचिवालय बैठक संचालन गरी आवश्यक निर्णय गर्न सक्ने अधिकार अर्का अध्यक्ष प्रचण्डलाई दिएको हो ।

प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका आज सिंगापुर जाँदै छैनन् । प्रवक्ता नारायणकाजी श्रेष्ठले उपचारको क्रममा प्रधानमन्त्री ८/१० दिन सिंगापुरमा नै रहने र सो अवधिमा सांगठनिक एकिकरण लगायत अरु आवश्यक विषयमा अर्का अध्यक्ष प्रचण्डको नेतृत्वमा सचिवालय बैठक बस्ने र आवश्यक निर्णय लिने सहमति सचिवालय बैठकमा भएको जानकारी दिए ।

प्रधानमन्त्री ओली र प्रचण्ड दुवै पार्टी अध्यक्ष भए पनि बैठकको अध्यक्षता र बैठक आव्हानको अधिकार ओलीमा थियो । सचिवालयको निर्णयपछि अब भने ओलीको अनुपस्थितिमा अध्यक्ष प्रचण्डले बैठक आव्हानको साथै बैठकको अध्यक्षता गर्ने भएका छन् ।

बैठकले प्रधानमन्त्रीको शिघ्र स्वास्थ्य लाभको पनि कामना गरेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  १२ : ३८ बजे

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौं- नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ

‘चल गोविन्दे’बाट हिट सुरेशको नयाँ तीज गीत : मर्द रोको भित्रभित्र कसले बुझ्ने हो

काठमाडौं- दशकअगाडि पश्चिमे भाकाको ‘चल गोविन्दे’ गीतबाट लोकप्रिय भएका गायक

जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गरेनन् : प्रभु साह 

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

देश र जनताको हितमा हुन्छ भने पेटिकोट लगाएर बिर्तामोड बजारमा हिँड्न तयार छु : सुदन किराती

झापा- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले देशको हितमा हुन्छ