कतै तपाईलाई पनि डिप्रेसन त छैन ? यसरी बच्नुस् « Khabarhub

कतै तपाईलाई पनि डिप्रेसन त छैन ? यसरी बच्नुस्


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

नेपालमा पछिल्लो समय आत्महत्याको घटना बढ्दै गएको छ । आत्महत्याको प्रमूख कारण डिप्रेसन पनि हो । डिप्रेसन भएका बिरामीले सही उपचार तथा परार्मश नपाएर उनीहरु आत्महत्याको बाटो रोज्न पुग्छन् ।

डिप्रेसन एक प्रकारको मानसिक रोग हो । डिप्रेसनबाट विश्वका झण्डै ३ करोड जनसंख्या पीडित रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । नेपालमा आधिकारी तथ्यांक नभएपनि करिब ८ लाख नेपाली डिप्रेसनको समस्याबाट पीडित रहेको मनोचिकित्सकहरु बताउँछन् ।

डिप्रेसनको असर

डिप्रेसनका बिरामीले समयमा पहिचान रोग गरी उपचार तथा परामर्श गर्नुपर्छ । समयमा उपचार नपाएमा बिरामीमा सामाजिक, आर्थिक र मनोवैज्ञानिक समस्याहरू आउँछ ।

–डिप्रेसन कडा हुँदै जान्छ,

–काममा असर पर्छ,

–बिरामीले आफ्नो जिम्मेवारी पूरा गर्न सक्षम हुँदैन,

–सामाजिक र आर्थिक रुपमा कमजोर हुने अवस्था आउँछ,

–मनमा डर पैदा हुन्छ,

–सानो कुरामा पनि धेरै चिन्ता हुन्छ,

– आत्महत्याको भाव आउन सक्छ ।

यस्ता लक्षणहरु कसैमा छ भने ती व्यक्तिहरु डिप्रेसनबाट पीडित भएको हुनसक्छ । डिप्रेसनको समयमै पहिचान गरी उपचार र परार्मश लिएमा यो रोग निको हुन्छ ।

डिप्रेसन बाट यसरी बच्नुस्

–दैनिक काममा हुने तनावलाई सकारात्मक रुपमा लिने,

–समस्याहरुमा चिन्तानलिइ सामाधानको बाटो खोन्ने,

–डिप्रेसनको लक्षण देखिएमा मनोचिकित्सककोमा स्वास्थ्य जाँच गराउने,

–फुर्सदको समयमा रचनात्मक काम गर्ने,

–शरीरलाई चाहिने आराम पुरा गर्ने,

–स्वस्थकर खानपानमा ध्यान दिने ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ७ : ०१ बजे

‘सञ्चारसम्बन्धी कानुन, प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताबारे राष्ट्रिय बहसको आवश्यकता’

काठमाडौं– नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले सञ्चारसम्बन्धी कानुन, प्रेस

सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं– आर्थिक वर्ष २०६१/६२ देखि निर्माण सुरु भएको सिक्टा सिँचाइ

विश्वकपमा गुलाबीको बुटको फेसन

काठमाडौं – जारी फिफा विश्वकप एउटा नयाँ ट्रेन्डले चर्चा पाएको

कर्णाली दुर्घटना : सोनार क्यामरा र चुम्बकसहित १० गोताखोरबाट खोजी सुरु

दैलेख- सुर्खेतबाट कालिकोटतर्फ जाँदै गर्दा कर्णाली राजमार्गको दैलेखस्थित चामुण्डा बिन्द्रासैनी

विश्वकप लिग-२ खेल्ने नेपाली टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं- नेदरल्यान्ड्समा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक