मुख्यमन्त्री सिंहले गरे मन्त्रिपरिषद् विस्तार, मन्त्रीको सङ्ख्या २० पुग्यो  « Khabarhub

मुख्यमन्त्री सिंहले गरे मन्त्रिपरिषद् विस्तार, मन्त्रीको सङ्ख्या २० पुग्यो 


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले पुनः मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

 उनले आज ५ जना राज्यमन्त्री नियुक्त गरेका छन् । नवनियुक्त राज्यमन्त्रीहरूलाई मुख्यमन्त्री सिंहले प्रदेशप्रमुख समक्ष शपथ ग्रहण गराएका छन् । 

१२ मन्त्रालय रहेको मधेशमा ५ जना राज्यमन्त्री  थपिँदा  मन्त्रीको सङ्ख्या २० पुगेको छ । यो अहिलेसम्मकै उच्च रहेको छ । मुख्यमन्त्री सिंहले नेपाली कांग्रेसबाट २ र नेकपा एमाले, जनमत पार्टी र लोसपाका एक/एक राज्यमन्त्री थपेका हुन् ।

एमालेका मोहम्मद जैद आलमलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री, लोसपाका रामबाबु यादवलाई शिक्षा तथा संस्कृति राज्यमन्त्री र जनमतका शम्भु कुमार साहलाई उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री नियुक्त गरिएको छ।

कांग्रेसको तर्फबाट रेखा ठाकुर भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र निलम कुमारी रजकलाई उर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन् । नवनियुक्त पाँचवटै राज्यमन्त्रीलाई मधेश भवनमै मुख्यमन्त्री सिंहले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

 

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ६ : ३४ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल