नुवाकोटका एसपी भन्छन्- हेलिकप्टर जलिरहेको अवस्थामा भेटियो, यात्रुको मृत्यु भएको छ « Khabarhub

नुवाकोटका एसपी भन्छन्- हेलिकप्टर जलिरहेको अवस्थामा भेटियो, यात्रुको मृत्यु भएको छ


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


83.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा एउटा हेलिकप्टर दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी शान्तिराज कोइरालाले दुर्घटनाको पुष्टि गरे ।

उनका अनुसार एयर डाइनेस्टीको उक्त हेलिकप्टर जलिरहेको अवस्थामा भेटिएको छ। अहिले त्यहाँ पुगेका प्रहरी र स्थानीयबासीले हेलिकप्टरमा लागेको आगो निभाउने कोसिस गरिरहेका छन् ।

शिवपुरी-७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएर दुर्घटनामा परेको र केही यात्रुको मृत्यु भएको खबर आफूलाई आएको एसपी कोइरालाले खबरहबलाई बताए ।

‘सूर्यचौर डाँडामा ठोक्किएर हेलिकप्टर दुर्घटनामा परेको रहेछ । प्रहरीको टोली पुगेर हेलिकप्टरमा लागेको आगो निभाउँदैछ’, उनले खबरहबसँग भने, ‘हामी जिल्ला सुरक्षा प्रमुखहरूको टोली पनि घटनास्थल जाँदैछौँ । केही यात्रुको पनि ज्यान गएको खबर आएको छ ।’

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ३ : ०९ बजे

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण