चार चिनियाँ नागरिक बोकेर रसुवातर्फ उडेका थिए पाइलट अरुण मल्ल « Khabarhub

चार चिनियाँ नागरिक बोकेर रसुवातर्फ उडेका थिए पाइलट अरुण मल्ल


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एयर डाइनेस्टीका पाइलट अरुण मल्ल बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा चारजना चिनियाँ पर्यटक बोकेर त्रिभुवन विमानस्थलबाट रसुवाका लागि उडेका थिए ।

त्रिभुवन विमानस्थलबाट उडेको तीन मिनेटमै मल्लले चलाएको एअर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको हो ।

नागरिक उड्ययन प्राधिकरण उपमहानिर्देशक हंसराज पाण्डेका अनुसार एयर डाइनेस्टीको नाइन एन-एजेडी कलसाइन हेलिकप्टर रसुवातर्फ जाने क्रममा दुर्घटनाग्रस्त भएको हो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवम् डीएसपी तिलक भारतीले दुर्घटनास्थलमा जलेको अवस्थामा पाइलटसहित पाँचजनाको शव भेटिएको पुष्टि गरे ।

डीएसपी भारतीकाअनुसार हेलिकप्टरमा सवारमध्ये दुईजना पुरुष र दुईजना महिलाको शव भेटिएको छ । पाइलटको पनि शव घटनास्थलमा भेटिएको छ । एउटा शव चाहिँ धेरै जलेकाले पहिचानमा कठिनाइ भएको उनले बताए ।

को को थिए ?

क्याप्टेन-अरुण मल्ल

चिनियाँ पर्यटकहरू

१. जुदाड टाङ (पुरुष),
२. जिली (पुरुष),
३. जेमिङ सी (पुरुष)
४। यियाद वु (महिला)

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ३ : ३८ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते