सुशासनका लागि बेथितिको अन्त्य जरुरी छ : मन्त्री गुरुङ « Khabarhub

सुशासनका लागि बेथितिको अन्त्य जरुरी छ : मन्त्री गुरुङ


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जुन क्षेत्रमा बेथिति र राजनीतिकरण हुन्छ त्यसलाई तत्काल अन्त्य गर्नु जरुरी रहेको बताएका छन् । 

उनले नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घ (आइटिएफ) को आज काभ्रेपलाञ्चोकको बनेपामा आयोजित २७ औँ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै बेथिति र राजनीतिकरणले कुनै पनि विकास तथा योजना सफल नहुने भएकाले तत्काल त्यस्ता गतिविधिको अन्त्यको आवश्यकता औँल्याए।  

‘सुशासनका लागि बेथिति र राजनीतिकरणको अन्त्य जरुरी छ, यी तत्त्वहरू हरेक विकासका बाधक हुन्, यसले मुलुकलाई राम्रो गर्दैन’, उनले भने। उनले राजनीतिक स्थायित्व र विकासका लागि यो सरकार बनेको उल्लेख गर्दै सरकार आगामी चुनावसम्म जाने विश्वास व्यक्त गरे। उनले भने, ‘सरकारले एक सय दिनमा दीर्घकालीन महत्त्वका काम गर्नेछ ।  छ महिनासम्म सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियानलाई रफ्तारमा लागि सक्ने छ ।’ उनले वर्षौंसम्म राष्ट्रिय सहमति नभएको शान्ति प्रक्रियाको बाँकी काम बेपत्ता छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन (सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक) निर्माण सहमति यो सरकारको पहिलो र ठूलो उपलब्धि मानिएको बताए।

मन्त्री गुरुङले खेल क्षेत्रमा नाम र दाम कमाउने मात्र नभई पर्यटनमैत्री, अनुशासित र पहिचानमैत्री हुनुपर्ने बताए। 

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ५ : ५० बजे

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको