नापीका सर्भेक्षक, खरिदारसहित तीन जनाविरुद्ध मुद्दा दायर « Khabarhub

नापीका सर्भेक्षक, खरिदारसहित तीन जनाविरुद्ध मुद्दा दायर


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्भेक्षक संजिव कुमार यादव र आर.बि. लेखापढी सेन्टरका सञ्चालक राम बाबु भुजेलविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले सर्भेक्षक यादव र लेखापढी सेन्टरका सञ्चालक भुजेललाई सेवाग्राहीबाट चार लाख घुससहित पक्राउ गरेर नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा नापी कार्यालय ललितपुरका सर्भेक्षक यादव, भूमि सुधार तथा मालपोत कार्यालय ललितपुरका खरिदार मोतिराम सुवेदी र लेखापढी सेन्टरका सञ्चालक भुजेलसमेतको मिलोमतोमा जग्गा हालसाविक गर्न गराउनको चार लाख घुस लिइएको देखिएपछि अख्तियारले विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरेको जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ६ : २९ बजे

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको