बालेन्द्रलक्षित प्रधानमन्त्रीको टिप्पणी- जनप्रतिनिधिलाई लुट्ने, खोस्ने र पिटपाट गर्ने अधिकार हुँदैन « Khabarhub

बालेन्द्रलक्षित प्रधानमन्त्रीको टिप्पणी- जनप्रतिनिधिलाई लुट्ने, खोस्ने र पिटपाट गर्ने अधिकार हुँदैन


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली जननिवार्चित प्रतिनिधिहरूले जिम्मेवार हुनुपर्ने बताएका छन् ।

उपत्यका मेयर्स फोरमको टोलीसँग बुधबार सिंहदरबार भएको भेटका क्रममा ओलीले यस्तो बताएका हुन् ।

उपत्यका मेयर्स फोरमका अध्यक्ष एवम् ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनसहितको टोलीसँग भेटका क्रममा उनले ‘कोभन्दा को ठूलो’नभनी काम गर्नुपर्ने बताए ।

उनले केन्द्र र स्थानीय सरकार मिलेर समस्याको समाधान गरी जनतालाई सेवा दिनुपर्ने बताए । पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले केन्द्र सरकारसँग टसल गरिरहेका बेला ओलीको यो भनाइ आएको हो ।

मेयर्स फोरमको टोली ओलीलाई भेट्न सिंहदबर पुग्दा काठमाडौं महानगरपालिकाका मेयर साह सहभागी भएनन् । तर काठमाडौंकै उपमेयर सुनिता डंगोल भने टोलीसँग थिइन्।

‘जनप्रतिनिधि जनताका पक्षमा काम गर्न निर्वाचित भएका हुन्छन् । त्यसैले हामीले अहंकार र दम्भबाट निर्देशित हुनु हुन्न । जनताप्रति शालिन र विनयशील हुनुपर्छ’,  ओलीले भने, ‘हामीसँग जनतालाई हप्काउने, दप्काउने, दुःख दिने, खोस्ने, लुट्ने र पिटपाट गर्ने अधिकार हुँदैन ।’

प्रधानमन्त्री ओलीले बालेन्द्रतिर लक्षित गर्दै सामाजिक सञ्जालबाट गरिएका हल्ला दिगो नहुने बताए । काठमाडौं महानरपालिकाले सडक र फुटपाथ व्यापार गर्नेहरूमाथि धरपकड गर्दै आएको छ । पछिल्लो समय कवाडी व्यवसायीलाई पनि महानगरले बल प्रयोग गरिरहेको छ ।

‘सडकमा हिँडेका जनताले जनप्रतिनिधिलाई गरेका गुणगान सक्कली र दिगो हुन्छन् । सामाजिक सञ्जाल र नक्कली नामबाट गरिएका प्रशंसा दिगो हुँदैनन्’, उनले भने ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ७ : ०४ बजे

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको