यस्ता छन् मन्त्रिपरिषद्को दुई बैठकका १४ निर्णय | Khabarhub Khabarhub

यस्ता छन् मन्त्रिपरिषद्को दुई बैठकका १४ निर्णय


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय मन्त्रिपरषद् बैठकका दुईवटा निर्णय बिहीबार सार्वजनिक गरिएको छ। यही साउन २२ र २३ गतेका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको हो ।

सरकारका प्रवक्त एमव् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले साउन २२ को बैठकको १३ वटा र २३ को बैठकको एउटासहित १४ वटा निर्णय सार्वजनिक गरेका हुन् ।

बैठकका निर्णयमा सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटालाई कानुन, न्याय तथा संसददीय मामिला मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणीन्द्र गौतमलाई प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवमा सरुवा गरेको छ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले एसियाली विकास बैंकको २० मिलयन अनुदान तथा १० मिलियन अमेरिकी डलर ऋण सहायत स्वीकार गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

बैठकले बेलायत सरकारबाट प्राप्त हुने ६ खर्ब ५८ करोड अनुदान सहायतासम्बन्धी समझदारी पत्र स्वीकृत गरेको छ ।

उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका न्यायाधीश श्यामजी प्रधानलाई राजश्व न्यायाधिकरण नेपालगञ्जको कानुन सदस्य एवम् अध्यक्षको जिम्मेवारी पनि सरकारले दिएको छ ।

नेपाली सेनाका एक सहायक रथीलाई उपरथीमा, चारजना महासेनानीलाई सहायक रथीमा, एक प्रमुख सेनानीलाई महासेनानीमा र एक आक्टिङ महासेनानीलाई महासेनानीमा बढुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  ४ : १६ बजे

पाकिस्तानी रेञ्जर्सले समातेका भारतीय जवान फिर्ता

एजेन्सी – पाकिस्तानी रेञ्जर्सले बन्दी बनाएका भारतीय सीमा सुरक्षा बल

सिटामोल र जीवनजल खरिदका लागि औषधी लिमिटेडसँग पत्राचार

काठमाडौं– नेपाल औषधी लिमिटेडद्वारा उत्पादित बिक्री नभएको गुनासोसँगै स्वास्थ्य तथा

लोकतन्त्रमा जनताको जिउधन सुरक्षा पहिलो शर्त : गृहमन्त्री 

विराटनगर– गृहमन्त्री रमेश लेखकले लोकतन्त्रमा जनताको जिउधनको  सुरक्षा पहिलो शर्त

‘भूमिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक’ प्रस्तुत

काठमाडौं–  प्रतिनिधिसभाको आजको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने

रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश पोखरेलको इजलासमा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको