सेनाको कमाण्ड सिग्देलले सम्हाले, शर्माद्वारा जिम्मेवारी हस्तान्तरण « Khabarhub

सेनाको कमाण्ड सिग्देलले सम्हाले, शर्माद्वारा जिम्मेवारी हस्तान्तरण


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाको कमाण्ड अशोकराज सिग्देलले सम्हालेका छन् । प्रधानसेनापति प्रभुराम शर्मा बिदा बसेपछि सिग्देलले बिहीबारदेखि सेनाको कमाण्ड सम्हालेका हुन् ।

अवकाशअघि शर्मा बिदा बस्ने भएपछि सरकारले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी बलाधिकृत रथी सिग्देललाई दिएको थियो ।

बिहीबार जंगीअड्डामा आयोजित समारोहमा शर्माले सैनिक ऐन २०६३ को दफा ८ को उपदफा (३) अनुसार मन्त्रिपरिषद्को साउन १४ गतेको निर्णयबमोजिम राष्ट्रपतिले साउन २५ गते (शुक्रबार) देखि कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्ने अख्तियारी दिइएका बलाधिकृत रथी सिग्देललाई प्रधानसेनापतिको कार्यभार बुझबुझारथ गरेका छन् ।

सेनाको सहायक सेनानी दर्जाबाट सेवा सुरु गरेका शर्मा ४१ वर्षसम्म कार्यरत रहेर प्रधानसेनापतिबाट अवकाशमा जान लागेका हुन् । उनी आगामी भदौ २४ गतेदेखि पदावधिको हदले अनिवार्य अवकाशमा जाँदैछन् । नेपाली सेनाको प्रचलित नियमअनुसार उनी मिति शुक्रबारदेखि २५ बिदामा बस्दैछन् ।

बिदाइ तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रममा पूर्व प्रधानसेनापतिहरू, रक्षा सचिव लगायत रथी, रक्षा मन्त्रालयका पदाधिकारी, अधिकृत, पदिक तथा सकल दर्जाको उपस्थिति थियो ।

कार्यक्रममा प्रधानसेनापति शर्माले सेनाको सबै तह र तप्कालाई राम्रोसँग बुझेको, नीति नियम र पद्धतिबारे गहन बुझाइ राख्ने, व्यावहारिक एवम् उत्कृष्ट व्यावसायिक क्षमता भएका बलाधिकृत रथी सिग्देललाई आफ्नो उत्तराधिकारीका रूपमा कार्यभार बुझाउन पाएकोमा खुशी जनाए । उनले रथी सिग्देललाई सफल कार्यकालको शुभकामना पनि दिए ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  ७ : १० बजे

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको

ट्याक्टरले च्यापिएर चालकको मृत्यु

गोरखा – गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको