सेनाको कमाण्ड सिग्देलले सम्हाले, शर्माद्वारा जिम्मेवारी हस्तान्तरण | Khabarhub Khabarhub

सेनाको कमाण्ड सिग्देलले सम्हाले, शर्माद्वारा जिम्मेवारी हस्तान्तरण


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाको कमाण्ड अशोकराज सिग्देलले सम्हालेका छन् । प्रधानसेनापति प्रभुराम शर्मा बिदा बसेपछि सिग्देलले बिहीबारदेखि सेनाको कमाण्ड सम्हालेका हुन् ।

अवकाशअघि शर्मा बिदा बस्ने भएपछि सरकारले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी बलाधिकृत रथी सिग्देललाई दिएको थियो ।

बिहीबार जंगीअड्डामा आयोजित समारोहमा शर्माले सैनिक ऐन २०६३ को दफा ८ को उपदफा (३) अनुसार मन्त्रिपरिषद्को साउन १४ गतेको निर्णयबमोजिम राष्ट्रपतिले साउन २५ गते (शुक्रबार) देखि कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्ने अख्तियारी दिइएका बलाधिकृत रथी सिग्देललाई प्रधानसेनापतिको कार्यभार बुझबुझारथ गरेका छन् ।

सेनाको सहायक सेनानी दर्जाबाट सेवा सुरु गरेका शर्मा ४१ वर्षसम्म कार्यरत रहेर प्रधानसेनापतिबाट अवकाशमा जान लागेका हुन् । उनी आगामी भदौ २४ गतेदेखि पदावधिको हदले अनिवार्य अवकाशमा जाँदैछन् । नेपाली सेनाको प्रचलित नियमअनुसार उनी मिति शुक्रबारदेखि २५ बिदामा बस्दैछन् ।

बिदाइ तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रममा पूर्व प्रधानसेनापतिहरू, रक्षा सचिव लगायत रथी, रक्षा मन्त्रालयका पदाधिकारी, अधिकृत, पदिक तथा सकल दर्जाको उपस्थिति थियो ।

कार्यक्रममा प्रधानसेनापति शर्माले सेनाको सबै तह र तप्कालाई राम्रोसँग बुझेको, नीति नियम र पद्धतिबारे गहन बुझाइ राख्ने, व्यावहारिक एवम् उत्कृष्ट व्यावसायिक क्षमता भएका बलाधिकृत रथी सिग्देललाई आफ्नो उत्तराधिकारीका रूपमा कार्यभार बुझाउन पाएकोमा खुशी जनाए । उनले रथी सिग्देललाई सफल कार्यकालको शुभकामना पनि दिए ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  ७ : १० बजे

एमालेले भन्यो : अहिलेको संकटको राजनीतिक निकास वर्तमान संविधानबाटै खोजिनु पर्छ

काठमाडौँ – सोमबार र मंगलबार मुलुकमा भएको हिंसा, आगजनी र

स्थितिलाई सामान्य बनाउन सबै पक्षलाई आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले स्थितिलाई सामान्य बनाउन सबै पक्षलाई आग्रह

सेनाद्वारा लुटपाट गर्ने थप चार जनासहित ७ नाल हतियार बरामद

काठमाडौं– नेपाली सेनाले महाराजगन्ज इलाकाबाट लुटपाट गर्ने चार जना व्यक्तिहरूसहित ७

विमानस्थल खुल्ने खबरपछि पुगेका यात्रु बाहिरै रोकिए (तस्बिरहरू)

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्ने खबर आएपछि यात्रुको घुइँचो लागेको

संविधानविद् अधिकारी भन्छन्- राजनीतिक हिसाबले पूर्व प्रधानन्यायाधीशले अन्तरिम सरकारको नेतृत्व गर्न मिल्छ

काठमाडौं– संविधानविद् विपिन अधिकारीले राजनीतिक हिसाबले पूर्व प्रधान न्यायाधीश सुशीला