बङ्गलादेशमा रहेका नेपाली‍को सुरक्षा गर्न शेखर कोइरालाको आग्रह « Khabarhub

बङ्गलादेशमा रहेका नेपाली‍को सुरक्षा गर्न शेखर कोइरालाको आग्रह


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


819
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बङ्गलादेशमा रहेका नेपालीहरूको सुरक्षा प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेका छन् ।

आज सामाजिक सञ्जालमार्फत कोइरालाले नेपाल फर्कन चाहनेहरूलाई सुरक्षित नेपाल ल्याउन पनि सरकारलाई आग्रह गरेका हुन् ।

यस्तै जतिसक्दो छिटो लोकतान्त्रिक विधि शुरु हुनेमा आफू विश्वस्त रहेको समेत बताए  ।

बङ्गलादेशमा राजनीतिक र धार्मिक आस्थाका कारण कसैप्रति भेदभाव र अमानवीय व्यवहार नगर्न समेत सबैमा आग्रह गरेका छन्।  गत जुलाईदेखि बढेको हिंसाले उग्र रूप लिएपछि प्रधानमन्त्री सेख हसिनाले राजिनामा दिइसकेकी छन्   ।

बंगलादेशमा जुलाई महिनादेखि विद्यार्थीहरू आन्दोलन गर्दै आएका थिए । उनीहरु सरकारी जागिरमा कोटा प्रणाली खारेज गर्नुपर्ने माग गर्दै आएका छन् ।

 

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ७ : २५ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल