प्रधानमन्त्रीको स्वास्थ्य बाहिर चर्चा भएजस्तो खराब छैन– डा. शर्मा | Khabarhub Khabarhub

प्रधानमन्त्रीको स्वास्थ्य बाहिर चर्चा भएजस्तो खराब छैन– डा. शर्मा


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीका निजि चिकित्सक डा. दिलिप शर्माले मिर्गौला सम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखिएकाले थप उपचारका लागि ओली सिंगापुर जानुपरेको स्पष्ट पारेका छन् । उनले आफूहरुकै सिफारिशमा प्रधानमन्त्री ओली सिंगापुर गएको बताए ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा डा. शर्माले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे बाहिर हल्ला भएजस्तो र टिकाटिप्पणी भएजस्तो यथार्थ नभएको जिकिर गरे । प्रधानमन्त्रीको एन्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन प्रधानमन्त्री सिंगापुर गएको उनको स्पष्टोक्ति थियो । उनकाअनुसार प्रधानमन्त्री ओलीको सिंगापुर बसाई ७ देखि १० दिनसम्म हुनेछ । प्रधानमन्त्री ओलीको साथमा उनको निजी चिकित्सक डा. दिव्या सिंह सँगै गएकी छिन् ।

डा. शर्माले सिंगापुरमा रहँदा नेश्नल युनिभर्सिटी अस्पतालमा नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञ टोलीले प्रधानमन्त्रीको मिर्गौलाका थप परीक्षण गर्ने र क्षमता अभिवृद्धि गर्नेका आवश्यक उपचार समेत गरिने जनाए । उनकाअनुसार प्रधानमन्त्रीको क्रेटिनाईन अहिले २ को हाराहारीमा छ । उनले भने,‘उहाँको मृगौला स्थिर छ ।’ सिंगापुरको नेश्नल युनिभर्सिटी अस्पतालमा उच्चतम प्रविधि र यन्त्र भएकोले प्रधानमन्त्री उपचारको लागि त्यसतर्फ गएको उनको भनाई छ ।

कार्यक्रममा डा. शर्माले प्रधानमन्त्रीको स्वास्थ्यअवस्थाबारे जारी गरिएको प्रेस वक्तव्यपनि वाचन गरेका थिए । विज्ञप्तीमा भनिएको छ,‘गत श्रावण महिनामा १८–२७ गतेसम्म सम्मानीय प्रधानमन्त्रीज्यूको सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण र उपचार गरिएको थियो । त्यस क्रममा प्रारम्भिक परीक्षणबाट वहाँको शरीरमा मृगौलासम्बन्धी केही एण्टीबडीहरुको मात्रा बढि देखिन गएको पाईएको छ । ती एण्टीबडीहरुलाई शरीरबाट निष्कासन गरी निराकरण गर्ने उपचार शुरु गरिएको र उपचारको सोही क्रमलाई निरन्तरता दिन र थप आवश्यक परीक्षण गर्न वहाँ आज पूनः सिंगापुरतर्फ जान लाग्नुभएको हो । सिंगापुरमा रहँदा वहाँको साथमा विज्ञ चिकित्सक टोलीहरुद्धारा मृगौलाको थप परीक्षण र उपचारको क्रममा देखिने विभिन्न प्रकारका प्रभावहरुको सूक्ष्म अध्ययन तथा मृगौलाको क्षमता अभिवृद्धिका लागि समेत उपचार गरिनेछ ।’

उनले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण र उपचारका क्रममा प्रधानमन्त्रीको स्वास्थ्य स्थिति र उपचारका क्रमहरु आफुहरुले नेपाली जनतालाई अवगत गराईरहनेपनि विश्वास दिलाए ।

बरिष्ठ मृगौलारोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले प्रधानमन्त्री केपी शर्मा ओलीको क्रिटेनाईन बढेकोले सिंगापुरमा हुने उपचारले राम्रो नतिजा आउने विश्वास दिलाए । एन्टिबडीको मात्रा घटाउन सकियो भने स्वास्थ्य अवस्था राम्रो हुने उनको भनाइ छ ।

डा. काफ्लेले मुलुकको प्रधानमन्त्रीजस्तो व्यक्ति उपचार गर्न जाँदा नकरात्मक टिप्पणी गर्न नहुने आशय व्यक्त गरे । उनले भने,‘देश डुबाउनेगरि खर्च हुँदैन् । यो खर्चिलो उपचार होईन ।’ यद्धपी उनले प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्था के–कस्तो छ ? भन्ने कुरा नेपाली जनताले थाहा पाउनुपर्ने बताए । उनले नेपाली जनतालाई निःशुल्क डाईलाईसको सुविधा दिलाउने कामको जसपनि वर्तमान प्रधानमन्त्री ओलीलाई जाने बताए ।

डा. काफ्लेले एन्टीबडी बढेर जानु भनेको खतरानाक भएको टिप्पणी गर्दै यस्तो अवस्थामा साधारण औषधीले पनि काम नगर्ने जनाए । तर, प्लाज्माफेरिसिस मार्फत एन्टीबडी नर्मल गर्न सकिने उनले बताए । एक सेसन गर्दा नेपालमा ७० देखि ८० हजार रुपैयाँ लाग्ने बताए । उनकाअनुसार कम्तिमा पनि ६ पटक गर्नुपर्ने हुन्छ । प्रधानमन्त्रीको मुटु, कलेजोलगायतका महत्वपूर्ण अंगहरु राम्रो भएकोले पूनः मृगौला प्रत्यारोपणपनि हुनसक्ने काफ्लेले बताए ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरे । उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे नेपाली जनतालाई यथार्थ जानकारी गराउनुपर्ने बताए । उनले भने,‘नेपाली जनताले देशको प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी पाउनुपर्छ ।’

श्रेष्ठले नेपाली नेताहरु विदेश उपचार गर्न जाने पद्धतीको भने विरोध गरे । विदेश उपचारमा जानैपर्ने भएपनि मेडिकल बोर्डलाई जानकारी गराएर जानुपर्ने पद्धतीलाई पनि नेपालका नेताहरुले आत्मसात नगरेकोमा उनको गुनासो थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ५ : ३३ बजे

इरानमाथि आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- इरानमाथि आक्रमणको विरोधमा काठमाडौँमा प्रदर्शन गरिएको छ ।  मंगलबार

सुरक्षा विषयमा भारत-नेपाल द्विपक्षीय परामर्श समूहको सोह्रौँ बैठक

काठमाडौं- सुरक्षा विषयसम्बन्धी भारत-नेपाल द्विपक्षीय परामर्श समूह (आईएनबीसीजीएसआई) को सोह्रौँ

ललितपुर महानगरको साढे सात अर्बको बजेटमा १६ वटा प्राथमिकता

काठमाडौं– ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि ल्याएको झण्डै साढे

जमेको पानी तान्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौं– ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–५ टिकाथली ठटिकोटमा विद्युत् चुहिएर एकजनाको

प्रतिनिधि सभाबाट विनियोजन विधेयक २०८२ पारित

काठमाडौं– प्रतिनिधिसभाको बैठकबाट विनियोजन विधेयक २०८२ पारित भएको छ ।