अमेरिकाबाट शेख हसिनाका छोराको घोषणा : अब राजनीतिमा उत्रिन्छु « Khabarhub

अमेरिकाबाट शेख हसिनाका छोराको घोषणा : अब राजनीतिमा उत्रिन्छु


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


29.3k
Shares
  • change font
  • change font
  • change font

बङ्लादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाका छोरा सजीव वाजेदले राजनीतिमा उत्रिने घोषणा गरेका छन् ।

मोहम्मद युनुसको नेतृत्वमा बङ्लादेशमा अन्तरिम सरकार गठन भएलगत्तै वाजेदले राजीनीतिमा उत्रिने घोषणा गरेका हुन् ।

‘म पार्टी र कार्यकर्ताहरूलाई बचाउन जुनसुकै कदम उठाउन तयार छु,’ ‘टाइम्स अफ इन्डिया’सँगको कुराकानीमा हसिनाको छोराले भनेका छन्, ‘यदि मलाई राजनीतिमा उत्रिनुपर्छ भने पनि पछि हट्ने छैन ।’

अमेरिकाको वासिङ्गटनमा बस्दै आएका वाजेद यसअघि राजनीतिमा आउने योजना नभएको बताउँदै आएका थिए । यो कार्यकालपछि आफ्नी आमाले राजनीतिबाट सन्यास लिने तयारी गरेको पनि उनले कुराकानीका क्रममा भनेका छन् ।

‘मेरी आमा (शेख हसिना) मौजुदा कार्यकालपछि राजनीतिबाट सन्यास लिनुहुन्थ्यो । मेरो कुनै राजनीतिक महत्वाकांक्षा थिएन । म अमेरिकामा बसिसकेको थिएँ । तर, पछिल्ला केही दिनमा बङ्गलादेशको घटनाक्रमबाट नेतृत्व शून्य भएको महसुस भएको छ । मैले पार्टीका लागि सक्रिय हुनु परेको छ । अब म सबैभन्दा अगाडि उभिएको छु ।’

वाजेदले बङ्लादेशमा हुने निर्वाचनमा अवामी लिगले भाग लिने र आफूहरूले निर्वाचन जित्न पनि सक्ने प्रतिक्रिया दिएका छन् । बङ्गलादेशमा आफूसँग सबैभन्दा धेरै समर्थकहरूको आधार रहेको उनको दाबी छ ।

वाजेदले आमा हसिनाको कुनै पनि देशमा शरण लिने योजना नरहेको समेत दाबी गरेका छन् । ‘उहाँ (हसिना) हाल भारतमा हुनुहुन्छ । अन्तरिम सरकारले निर्वाचन गराउने निर्णय गरेपछि उहाँ बंगलादेश फर्किनुहुन्छ ।’

हसिनाको पार्टी आवामी लिगको मुख्य प्रतिद्वन्द्वी बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की नेता खालिदा जियाको रिहाइपछि उनका छोरा र पार्टीका कार्यवाहक अध्यक्ष तारिक रहमान ढाका फर्किएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  १ : ५४ बजे

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक