तिंकर अन्तर्राष्ट्रिय ‘ट्रान्जिट’ मार्गका रुपमा विकास गरिने « Khabarhub

तिंकर अन्तर्राष्ट्रिय ‘ट्रान्जिट’ मार्गका रुपमा विकास गरिने


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दार्चुलाबाट तिब्बत जोड्ने तिंकर नाकालाई अन्तर्राष्ट्रिय ‘ट्रान्जिट’ मार्गका रुपमा विकास गर्ने तयारी गरिएको बताएका छन् ।

प्रतिनिधिसभाको विहीबारको बैठकको मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर कार्यक्रममा सांसद दिलेन्द्रप्रसाद बडुकोतर्फबाट अतहरकमाल मुसलमानले मित्रराष्ट्र चीनको तिब्बत जोड्ने दार्चुलाको तिंकर नाका स्वदेशी, विदेशी व्यापारी एवं पर्यटकका लागि खुला गर्न किन ढिलाइ भइरहेको छ भनी राखेको प्रश्नको जवाफ दिँदै उनले सरकारले सीमापार ‘कनेक्टिभिटी’ मुख्य प्राथमिकतामा राखेको बताए ।
उत्तर दक्षिण जोड्ने नाकालाई विस्तार गर्न लागिएको जानकारीसमेत मन्त्री ज्ञवालीले दिए ।

चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने अन्य नाका पनि क्रमशः खुला हुँदै गएको उल्लेख गर्दै उनले चीनसँग यातायात प्रोटोकलमा हस्ताक्षर भइसकेको स्मरण गराए ।

विप्रेषण (रेमिटेन्स)बाट देश अघि बढ्न नसक्ने उल्लेख गर्दै मन्त्री ज्ञवालीले वैदेशिक रोजगारमा जानेलाई रोक्न प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याई देशभित्रै रोजगारी सिर्जना गर्न शुरु गरिएको बताए । भारतीय सेनाबाट सेवा निवृत्त भएका नेपालीलाई भारतीयसरह सेवासुविधा दिलाउन सरकारले पहल गर्ने उनको प्रतिबद्धता थियो ।

न्याय, समानता र निष्पक्षताका आधारमा भारत र बेलायतबाट सेवानिवृत्त सैनिकका लागि सेवा सुविधा दिन माग गर्दै यसअघि कमल थापा र डा प्रकाशशरण महत मन्त्री हुँदा पनि पहल भएको स्मरण पनि मन्त्री ज्ञवालीले गरे ।

सांसदहरुको पूरक प्रश्नको उत्तरमा उनले सरकारले बेलायतमा कार्यरत पूर्वगोरखा सैनिकका समस्या समाधानमा आलटाल नगरी प्रधानमन्त्रीकै तहबाट पनि यस विषयमा पहल भइहरेको बताए ।
“राजदूतको तलब विशिष्ट श्रेणीका कर्मचारीको सरह हुने व्यवस्था छ, वैदेशिक भत्ता पनि सरकारले तोकेबमोजिम अर्थ मन्त्रालयसँगको सहमतिमा निर्धारण गर्ने गरिएको छ”, मन्त्री ज्ञवालीले भने ।

सांसद प्रेम सुवालले नेपालको सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता तथा स्वाभिमानलाई अक्षुण्णरुपमा राख्नका लागि जन आन्दोलनदेखिनै गोरखा भर्ती केन्द्र बन्द गर्नुपर्ने तथा भारतसँग भएका असमान सन्धि खारेज गर्नुपर्ने भनी भएको मागका सम्बन्धमा के भइरहेको छ भन्ने जिज्ञासा राखेका थिए ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ६ : ०९ बजे

कङ्गोमा इबोला सङ्क्रमण तिव्र

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोमा हाल इबोला सङ्क्रमण तिव्र भएको जनाइएको

राष्ट्रियसभामा बाढीपहिरोले अवरुद्ध राजमार्ग सञ्चालन गर्न सरकारसँग माग

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले मनसुनका कारण बाढीपहिरोबाट अवरुद्ध

शिक्षक महासङ्घको काठमाडौं जिल्ला समिति विस्तार

काठमाडौं– नेपाल शिक्षक महासङ्घले पहिलो पटक जिल्ला समिति काठमाडौं गठन

सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

राष्ट्रियसभाको बैठक : चार महत्त्वपूर्ण विधेयकमाथि छलफल हुने

 काठमाडौं – सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ। आजको बैठकमा