जुम्लाको सरकारी टोली पूजाका लागि बाजुराको बडिमालिका प्रस्थान « Khabarhub

जुम्लाको सरकारी टोली पूजाका लागि बाजुराको बडिमालिका प्रस्थान


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लाको सरकारी टोली भगवती पूजाका लागि बाजुरा जिल्लाको धार्मिकस्थल बडिमालिकातर्फ प्रस्थान गरेको छ । सुदूरपश्चिम प्रदेशको बाजुरास्थित बडिमालिका भगवती मन्दिरको पूजाआजाका लागि जुम्लाको सरकारी टोली शुक्रबार प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रशासकीय अधिकृत मीनबहादुर रावलको नेतृत्वमा पुजारी विष्णुप्रसाद उपाध्यायसहित दर्जनौं भक्तजनको टोली बडिमालिका प्रस्थान गरेको हो ।

हरेक वर्ष साउन शुक्लपूर्णिमा नाग पञ्चमीका दिन तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रूपमा बडिमालिकाको पूजा गर्ने प्रचलनअनुसार जिल्लाको सरकारी टोली बडिमालिका गएको जुम्लाका प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

नेपाली सेनाको एक टुकुडीले बटुक भैरवनाथ, बाबा चन्दननाथ र दरबार मालिकाको सलामी अर्पण, पाँचवटा सलामी, ब्यान्डबाजा र बिगुल फुकेर पूजाको डोलीसहित बडिमालिका हिँडेको टोलीलाई भव्यसाथ बिदाइ गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाका सूचना अधिकारी दत्तराज हमालले बताए ।

परम्परादेखि नै हरेक नागपञ्चमीका दिन जुम्लाको सरकारी टोली पूजाका लागि बडिमालिका जाने चलन छ । डोटी बाजुराको टोली बडिमालिका आउने र जुम्लाको टोली बडिमालिका पुगेर संयुक्त पूजा गर्ने प्रचलन रहेको छ । बाडिमालिकाको टोली पुगेपछि जुम्लामा जात्रा लाग्ने चलन छ । बडिमालिकाबाट टोली १७ दिनपछि जुम्ला फर्किने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  १० : ३३ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु