लागूऔषध कोकिनसहित विदेशी नागरिक पक्राउ « Khabarhub

लागूऔषध कोकिनसहित विदेशी नागरिक पक्राउ


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले लागूऔषध कोकिनसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले राहदानी नम्बर १८एटी९५५१४ भएका आइभेरिकोष्टका नागरिक ३५ वर्षीय मार्केल गुलीलाई पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको टोलीले विशेष सुराकीका आधारमा बुधबार दिउँसो उनलाई कोकिनसहित पक्राउ गरेको हो । कतार एयरवेजको उडानबाट दोहा हुँदै काठमाडौं आएका उनको साथमा १ किलो ६ सय ग्राम लागूऔषध कोकिन बरामद गरेको हो ।

उनी काठमाडौंबाट बसद्वारा भारतको नयाँ दिल्ली जान लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीविरुद्ध लागूऔषध मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ६ : २४ बजे

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौं- नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ

‘चल गोविन्दे’बाट हिट सुरेशको नयाँ तीज गीत : मर्द रोको भित्रभित्र कसले बुझ्ने हो

काठमाडौं- दशकअगाडि पश्चिमे भाकाको ‘चल गोविन्दे’ गीतबाट लोकप्रिय भएका गायक

जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गरेनन् : प्रभु साह 

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

देश र जनताको हितमा हुन्छ भने पेटिकोट लगाएर बिर्तामोड बजारमा हिँड्न तयार छु : सुदन किराती

झापा- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले देशको हितमा हुन्छ