सर्लाहीमा ‘ड्रागन फ्रुट’को व्यावसायिक खेती बढ्दै | Khabarhub Khabarhub

सर्लाहीमा ‘ड्रागन फ्रुट’को व्यावसायिक खेती बढ्दै


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

सर्लाही – सर्लाहीमा ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादन बढ्दै गएको छ । स्वास्थ्यका हिसाबले समेत बहुगुणी मानिने सिउँडी प्रजातिको ड्रागन फ्रुटबाट मनग्य आयआर्जन गर्न सकिने भएपछि स्थानीय किसान यसको व्यावसायिक उत्पादनमा आकर्षित हुन थालेका हुन् ।

सर्लाहीको हरिवन नगरपालिका–६ घुर्कौलीका चन्द्रमणि मैनालीले अन्य पेसा व्यवसाय छाडेर ड्रागन फ्रुटको व्यावसायिक खेतीमा लाग्ने क्रम बढ्दै गएको बताए । यस फलको राम्रो भविष्य देखेर आफू पनि व्यावसायिक खेतीमा लागेको उनले जानकारी दिए ।

“पहिलो चरणमा आफ्नै ३३ कठ्ठा खेतमा ड्रागन फ्रुटको व्यावसायिक खेती सुरू गरेको छु । हाल १४ सय ७० वटा सिमेन्टका पोलमा चारवटाका दरले पाँच हजार आट सय ८० वटा बिरुवा हुर्काउन सफल भएको छु”, मैनालीले भने ।

उनले लगाएको ड्रागन फ्रुटको बिरुवाले तीन वर्ष पुग्दानपुग्दै फल दिन सुरू गरिसकेको छ । उत्पादित फलमध्ये केही गाउँमै बिक्री हुने गरे पनि मागअनुसार नजिकका बजार तथा काठमाडौँसम्म पठाउने गरेको मैनालीले बताए । उनले एउटा बिरुवाबाट वर्षमा १० किलोसम्म फल उत्पादनको लक्ष्य राखेको बताए ।

यहाँ ड्रागन फ्रुट प्रतिकिलो रु तीन सय ५० देखि रु चार सयसम्म बिक्री हुने गरेको छ । गत वर्ष करिब रु ५० लाखको बिरुवा र सोही बराबरको फल बिक्री गरेको मैनालीले सुनाउ । “माग बढ्दो छ तर सोअनुसारको उत्पादन छैन । बिरुवा हुर्कँदै गरेकाले पनि मेरो बारीमा थोरै फलेको छ । व्यापारीहरूको माग पू्रा गर्न सकेको छैन”, उनले भने ।

यस्तै सर्लाहीको हरिवन नगरपालिका–८ निवासी सुशील खड्काले पनि व्यावसायिक उत्पादनको लक्ष्यसहित ड्रागन फ्रुटको खेती गरेका छन् । उनले हाल पाँच कठ्ठा खेतमा बिरुवा लगाएका छन् ।

“यस फलको बारेमा धेरैका कुरा सुनेको थिए, सबैबाट राम्रो हुन्छ भनेको सुनेर यसतर्फ आकर्षित भएको हुँ, त्यसैले हाल थारै जमिनमा बिरुवा लगाएको छु”, उनले भने, “बिरुवा पनि सुरूमै धेरै किनेर लगाउन सकिएन । अब यही रोपेको बिरुवाबाट उत्पादन गरेर विस्तार गर्ने सोचमा छु ।”

उन्नत जातको भनेर प्रतिगोटा रु तीन सयका दरले खरिद गरेर आठ सयवटा पिलरमा तीन हजार दुई सय बिरुवा लगाएको खड्काले बताए । “भर्खरै फल्न सुरू गरेकोले स्थानीय बजारमा थोरै थोरै पठाउने गरेको छु । मागको अवस्था हेर्दा खेती बढाउने योजनामा छु”, उनले भने ।

उनीजस्तै जिल्लाको लालबन्दी, बरहथवा, हरिपुरलगायत स्थानमा किसानले परीक्षणस्वरुप हाल यो फलको खेती गरिरहेका छन् । ड्रागन फ्रुटको व्यावसायिक उत्पादनमा युवापुस्ताको समेत आकर्षण बढ्दै गएको छ । यसले जिल्लामा ड्रागन फ्रुटको व्यावसायिक खेती गरेर स्वरोजगार हुने क्रम बढेको जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख देवानन्द यादवले बताए ।

यहाँको मौसम तथा भूगोलअनुसारको बिरुवा रहेकाले उत्पादन राम्रो हुने उनको दाबी छ । ड्रागन फ्रुट रोपेपछि पाँच वर्षसम्म बिरुवा हुर्कने र २० वर्षसम्म उत्पादन दिने केन्द्र प्रमुख यादवले बताए । “सुरूमा केही वर्ष बिरुवा हुर्काउन समय लाग्छ तर फल लाग्न थालेपछि नियमति रूपमा वर्षौसम्म उत्पादन हुने भएकाले पनि यहाँका धेरै किसान यसतर्फ आकर्षित हुन थालेका छन्”, उनले भने ।

यस खेतीलाई बढाउनका लागि तीनै तहका सरकारले प्रविधि र अन्य सहयोग गर्न सके धेरै युवाहरू यसतर्फ आकर्षित हुने हाल व्यवसाय गरिरहेका कृषकहरूले बताउने गरेका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ९ : ४४ बजे

दायाँ खुट्टामा ६ गोली लागेका विजय भन्छन्- ‘बरु मारिदिएको भए हुन्थ्यो’

काठमाडौं । ट्रमा सेन्टरको ५४९ नम्बर बेडमा लम्पसार परिरहेका २२

खोटाङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन

खोटाङ– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खोटाङले

नेता खनाल पत्नी चित्रकारको अवस्था सुधारोन्मुख

कीर्तिपुर– जेन-जी प्रदर्शनका क्रममा घर आगजनी हुँदा गम्भीर घाइते भएकी

सिरहामा क्षति भएका प्रहरी युनिट पुनः स्थापना

सिरहा– जेन-जी पुस्ताको प्रदर्शनका क्रममा क्षति भएका यहाँका प्रहरी युनिट

पोखरा महानगरले भोलिदेखि सेवा सञ्चालनमा ल्याउँदै

गण्डकी– जेन-जी प्रदर्शनका क्रममा पोखरा महानगरपालिकाका अधिकांश कार्यालयका भवन क्षतिग्रस्त