पेरिस ओलम्पिक : महिला फुटबलमा अमेरिकालाई स्वर्ण पदक | Khabarhub Khabarhub

पेरिस ओलम्पिक : महिला फुटबलमा अमेरिकालाई स्वर्ण पदक


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फ्रान्समा जारी पेरिस ओलम्पिक अन्तर्गत महिला फुटबलमा अमेरिकाले स्वर्ण पदक जितेको छ ।

प्रिन्स पार्कमा गएराति सम्पन्न खेलमा ब्राजिललाई १–० गोलले हराउँदै अमेरिकाले जित हासिल गरेको हो ।

अमेरिकाका लागि खेलको ५७औँ मिनेटमा मेलोरी स्वानसनले गोल गरेकी थिइन् । उनको यो गोल नै जितका लागि निर्णायक बनेको थियो ।

ओलम्पिकमा अमेरिकाको यो पाँचौँ स्वर्ण पदक हो । अमेरिकाले सन् १९९६, २००४, २००८ र २०१२ मा स्वर्ण पदक जितेको थियो ।

पराजित भएको ब्राजिले रजत पदक प्राप्त गर्दा स्पेनलाई हराएर जर्मनीले कास्य पदक जितेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ७ : ५९ बजे

महिला किसान समूहसँग लिबर्डको ‘बाख्रा उपहार कार्यक्रम’

कर्णाली – जैविक विविधता तथा अनुसन्धानका लागि स्थानीय पहल (लिबर्ड)ले

इमरानका हजारौँ कार्यकर्ता पुगे इस्लामावाद, सरकारले गुहार्‍यो सेना

इस्लामावाद- पाकिस्तानमा राजनीतिक संकट गहिरिँदै गएको छ । इमरान खान

नेटो र युक्रेनबीच नयाँ रूसी क्षेप्यास्त्र प्रहारका विषयमा वार्ता

एजेन्सी – युक्रेन र नेटोका ३२ सदस्य राष्ट्रका राजदूतहरूले गत

हरियाली प्रवर्द्धनका लागि बिरुवा उत्पादन गर्दै भरतपुर महानगर

चितवन – हरियाली प्रवर्द्धनका लागि भरतपुर महानगरपालिकाले आफै बिरुवा उत्पादन

भारतमा अनिवार्य जानुपर्छ भनी ढुङ्गामा लेखिएको छैन

नेपाल–चीन छिमेकी पाँच कुना जोडिएका पुराना घनिष्ठ र असल मित्र