यस्तो बन्यो फिल्म ‘खुस्मा’को टिजर  « Khabarhub

यस्तो बन्यो फिल्म ‘खुस्मा’को टिजर 


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्म ‘खुस्मा’को टिजर सार्वजनिक भएको छ ।

निर्माण पक्षले शनिबार सार्वजनिक गरेको दुई मिनेट २४ सेकेन्ड लामो टिजरले फिल्मका मुख्य पात्र धिरज-उपासनको प्रेम र माओवादी द्वन्द्वले गाउँमा पारेको प्रभावलाई प्रस्तुत गरेको पाइन्छ।

टिजरमा फिल्मका मुख्य कलाकारहरूलाई नै स्थान दिइएको छ । आगामी असोज ३ संविधान दिवसको दिन फिल्मको प्रदर्शन मिति तय गरिएको छ ।

निर्माण पक्षले दिएको जानकारी अनुसार फिल्म जनयुद्धको प्रभाव भएको मगर समुदायको एक प्रेमकथामा आधारित छ ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्मका लेखक तथा निर्देशक अशोक थापा मगर गरेका हुन् ।

निर्मातामा वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर छन्, भने सह-निर्मातामा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन् ।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ४ : ३७ बजे

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले