धरानमा खानेपानी महसुल वृद्धिको निर्णय फिर्ता, तीन बुँदे सहमति | Khabarhub Khabarhub

धरानमा खानेपानी महसुल वृद्धिको निर्णय फिर्ता, तीन बुँदे सहमति


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

धरान– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई खानेपानी महसुल वृद्धिको निर्णयबाट पछि हटेका छन् ।

महसुल वृद्धि विरुद्ध आन्दोलनरत १० राजनीतिक दलको संयुक्त सङ्घर्ष समिति र धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्षसमेत रहेका मेयर साम्पाङबीच आइतबार करिव ८ घण्टा लामो छलफल र वार्तापछि महसुल वृद्धिको निर्णय फिर्ता भएको छ ।

दुई पक्षीय वार्तापछि तीन बुँदे सहमति गर्दै खानेपानी महसुलको पुरानो दर यथावत राखेर पुनर्विचार गर्ने सहमति भएको छ ।

खानेपानी महसुलमा गरिएको वृद्धि तत्काललाई स्थगित गर्ने, खानेपानी बोर्डको पूर्णताबारे उच्च अदालतको फैसला मान्ने र सात दिनभित्र बोर्डको हिसाब सार्वजनिक गर्ने सहमति भएको छ ।

वार्ता र सहमतिपछि आन्दोलनरत पक्षलाई सङ्क्षिप्त सम्बोधन गर्दै मेयर साम्पाङले एसियाली विकास बैंकलाई तिर्नुपर्ने ऋणको दायित्व भएकाले महसुल वृद्धि गर्नुपरेको बताएका थिए ।

यही साउन १ गतेदेखि लागू हुनेगरि खानेपानी महसुल र अन्य शुल्क वृद्धि गरेको सूचना सार्वजनिक भएपछि साउन ११ गतेदेखि आन्दोलनरत पक्षले खानेपानी काउण्टरहरुमा तालाबन्दी गरेका थिए ।

धरान उपमहानगरपालिकाको प्रवेशद्वारमा राखिएको बोर्ड समेत आन्दोलनरत पक्षले तोडफोड गरेका थिए । शुल्क वृद्धि फिर्ताको सहमतिसँगै आन्दोलनका कार्यक्रम स्थगित भएका छन् ।

दलहरूसँग वार्ता र सहमति भएसँगै खानेपानी तथा सरसफाइ महसुल सेवा निर्धारण आयोगले धरान खानेपानी व्यवस्थापन बोर्डलाई पुनः दुई दिनभित्र महसुल वृद्धिको सम्पूर्ण विवरण पठाउन अनुरोध गर्दै पत्राचार गरेको छ ।

आयोगले खानेपानी मन्त्रालय, सुनसरी जिल्ला प्रशासन कार्यालय, दातृ निकाय एशियाली विकास बैंक (एडीबी) र नगर विकास कोषलाई बोधार्थ दिएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  १० : १६ बजे

याक्थुङ लिम्बूको सांस्कृतिक पहिचानको धरातल : महाआख्यान तङ्सिङ् मुन्धुम

‘तङ्सिङ् मुन्धुम’ याक्थुङ लिम्बू समुदायका पुर्खाले बाँचेको समय र भोगेका

टेलर स्विफ्टप्रति अमेरिकी राष्ट्रपति ट्रम्पको टिप्पणी- उनी अब ‘हट’ छैनन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विभिन्न कारणले चर्चामा आइरहन्छ

कान्तिलोकपथ सडक अवरुद्ध

मकवानपुर– हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक शुक्रबार रातिदेखि अबरुद्ध भएको छ

म्याग्दीको रघु गंगा गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु

म्याग्दी– म्याग्दीको रघुगंगा गाउँपालिकाको सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण सुरु

भक्तपुरमा बुद्धिचाल प्रतियोगिता, ८ देखि ६८ वर्षका व्यक्ति प्रतिस्पर्धामा

भक्तपुर– भक्तपुरमा सुरु भएको कुमार ग्वाछा स्मृति खुला फिडे रेपिड