तलबमान निर्धारणमा भेदभाव नगर्न आग्रह | Khabarhub Khabarhub

तलबमान निर्धारणमा भेदभाव नगर्न आग्रह


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजपत्र अनंकित कर्मचारी अभियानले  सबै पद तथा श्रेणीका कर्मचारीको पदसोपान एवं मर्यादाक्रम बमोजिम तलबमान निर्धारण गर्न सरकारसँग आग्रह गरेको छ । अभियानले  आज बैठक गर्दै सर्वोच्चको आदेश अविलम्ब कार्यान्वयन गर्न माग गरेको हो ।

नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सचिव तथा राजपत्र अनङ्कित कर्मचारी संरक्षण अभियानका अभियन्ता प्रकाश भट्टराईले तलबमान निर्धारणमा राजपत्र अनङ्कित कर्मचारीलाई बेवास्ता गरिएमा कर्मचारीहरू  आन्दोलनमा उत्रिन बाध्य हुने बताए ।

सरकारले कुनैपनि वर्गका पदका कर्मचारीलाई विभेद गरेमा विभेदमा परेका कर्मचारीहरू आन्दोलनमा जान बाध्य हुने उनको भनाइ थियो ।

निजामती सेवा ऐनमा चक्रीय सरुवा प्रणाली, निश्चित समयावधि सेवा गर्ने कर्मचारीलाई माथिल्लो पदमा बढुवा गर्ने स्वचालित बढुवा प्रणाली, सहसचिव र उपसचिव पदको खुलातर्फको प्रतिष्पर्धामा राजपत्र अनङ्कित कर्मचारी पनि सहभागी हुन पाउनु पर्ने, तिनै तहमा कार्यरत कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समावेश गर्नुपर्ने, माग राखेर राजपत्र अनङ्कित कर्मचारीहरूले सिंहदरबार केन्द्रित आन्दोलन गर्दै आएका छन्।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  १ : ०२ बजे

संसद्को गतिरोध खुलाउने विषयमा दलहरूबीच सकारात्मक छलफल भयो : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्को गतिरोध

हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास

काठमाडौं– पूर्वयुवराज्ञी हिमानी शाहले जुम्लामा बर्थिङ सेन्टर शिलान्यास गरेकी छन्

फिल्म ‘रातो पासपोर्ट’ निर्माण घोषणा, पोर्चुगलको थिममा टाइटल पोस्टर

काठमाडौं – सिबर्डस् पिक्चर्स र होप्स बजले ट्राइडेन्ट कन्सेप्टसँग सहकार्य

स्कटल्यान्डले गुमायो पाचौँ विकेट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ मा आइतबार भइरहेको खेलमा नेपालले

‘अर्थमन्त्रीज्यू ! डेड हर्स थ्यौरीतिर नलागौँ’

अङ्ग्रेजीमा ‘डेड हर्स थ्यौरी’ भन्ने एउटा मेटाफर (रूपक) छ, जसमा