रवि लामिछाने भन्छन्- भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद स्वीकार्न सकिँदैन | Khabarhub Khabarhub

रवि लामिछाने भन्छन्- भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद स्वीकार्न सकिँदैन

सरकारको सुरुवाती कामलाई नजिकबाट नियालिरहेको भनाइ


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ सरकारलाई नजिकबाट नियालिरहेको बताएका छन् ।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानले सरकारको सुरुवाती संकेतलाई जनताले मूल्याङ्कन गरिरहेको बताए । उनले नेपाली कांग्रेस र नेकपा एमाले संलग्न सरकारलाई पार्टीले नजिकबाट नियालिरहेको बताएका हुन् ।

उनले छिट्टै पार्टीका तर्फबाट सरकारको कामकारबाहीबारे धारणा सार्वजनिक गर्ने पनि जानकारी दिएका छन् । लामिछानले नेपाल विद्युत् प्राधिकरणको बक्यौता रकम उठाउनुपर्ने कुरामा कुनै दुईमत नरहेको बताए ।

लामिछानेले भ्रष्टाचार कसुरका लागि पाँच वर्षे हदम्याद स्वीकार्य नहुने जानकारी दिए । उनले जुनसुकै समयमा भएको भ्रष्टाचारको अनुसन्धान हुनुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  १ : २४ बजे

जेनजी मुभमेन्टको माग : ऊर्जामन्त्री घिसिङ र प्राधिकरण प्रमुखलाई बर्खास्त गरौँ

काठमाडौं – जेनजी मुभमेन्ट नेपालले ऊर्जामन्त्री कुलमान घिसिङ र नेपाल

एनसेलका ११ भाग्यशाली ग्राहकलाई ११ जीबी डेटा निःशुल्क !

काठमाडौं– एनसेलले आकर्षक ‘११:११ एनसेल एप क्याम्पेन’ संचालनमा ल्याएको जनाएको छ

राष्ट्रपतिबाट मधेस प्रदेश प्रमुख सुवेदी पदमुक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी

प्रि ओपन सेसन : करिब २ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल

तोलामा ४ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला