सभामुखले हरि ढकाललाई बोल्दा बोल्दै रोकेपछि संसद्‍मा तनाव « Khabarhub

सभामुखले हरि ढकाललाई बोल्दा बोल्दै रोकेपछि संसद्‍मा तनाव


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


22.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेको निर्णयलाई लिएर प्रतिपक्षी सांसदहरूले विरोध गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले आकस्मिक समयमा बोल्ने क्रममा सभामुख घिमिरेले रोकेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पनि विरोधमा उत्रिएका हुन् ।

सांसद ढकालले बोल्दा बोल्दै सभामुखले रोकेको भन्दै रास्वपा र राप्रपाका सांसदहरू ड्यासबाट उभिएर विरोध जनाएका हुन् ।

रास्वपा सांसद ढकालले देशको हवाई र सडक यातायातबारे बोलिरहेका बेला सभामुख घिमिरेले रोकेका थिए । बैठकको आकस्मिक समयमा सांसद ढकालले सार्वजनिक यातायात क्षेत्र असुरक्षाबारे बोल्न समय मागेर विद्युत महसुलको विषय उठाउन खोजेको भन्दै सभामुख घिमिरेले रोकेका थिए ।

ढकालले यातायातबारे बोलिसकेपछि विषयलाई विद्युत् प्राधिकरणको बक्यौतातिर लगेका थिए । त्यही बेला सभामुख घिमिरले विषय अर्थात् यातायातबारे मात्रै केन्द्रित भएर बोल्न समय दिएको भन्दै माइक काटिदिएका थिए ।

माइक काटिदिएपछि रास्वपा र राप्रपाका सांसदहरूले आफ्नो अधिकारमा अंकुश लगाउन खोजेको भन्दै विरोध गरेका हुन् ।

ढकाललाई बोल्न दिएको अवस्थामा बोल्दा बोल्दै रोकेपछि रास्वपा सभापति रवि लामिछानेसहितका सांसदहरू उठेर विरोधमा उत्रिउका हुन् ।

त्यसपछि सभामुख घिमिरेले विषयमा केन्द्रित हुन सुझाए । ‘विषयलाई तोकेर दिएको कुरामात्रै बोलौँ । विषयकेन्द्रित भए राखौँ, नत्र बसौँ’, सभामुखले भने ।

सभामुख घिमिरेले विषयकेन्द्रित कुरामा बोल्न दिएको अवस्थामा विषयान्तर हुनु उचित नहुने बताएका थिए ।

त्यसपछि सभापति लामिछानेले समय लिएर सभामुखको कदमलाई आपत्ति जनाए । ‘हरि ढकालजीले आकस्मिक समयमा समसामयिक विषयमा बोलिरहेका बेला माइक काट्नु गलत थियो । त्यसैले बाँकी समय उहाँलाई नै बोल्न दिऊँ’, उनले भने, ‘बोल्दा बोल्दै लाइन काटिनु गम्भीर आपत्तिको विषय हो । आफ्नो विषय सक्नका लागि भनिदिने कुरा एउटा हो तर माइक काटिनु गलत भयो ।’

यसलाई लिएर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि आपत्ति जनाएका छन् । ‘हामीले बोल्न आकस्मिक समय पाउँछौँ । यो पटकबाट हामीले परम्परा बिगारिरहेका छौँ’, उनले भने, ‘पहिले नै यो विषयमा बोल्न पाउँछौँ भन्ने कुरा मान्य हुँदैन । जनताका कुरा राख्दा संविधान र संसद्को नियमावलीविपरीत भए रोक्नु पर्छ । तर, सांसदहरूको विशेषाधिकारलाई नियन्त्रित गर्ने कुरा हामी मान्दैनौँ ।’

सभामुखले आकस्मिक समयको नियमबारे पढेर सुनाए पनि दुवै दलका सांसदहरूले उठेर विरोध जारी राखेका छन् । दलीय आधारमा सांसदहरूलाई दुई घण्टा समय दिएको सभामुखले बताए पनि दुई दलका सांसदले विरोध जारी राखेका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  १ : ४२ बजे

लगानी बोर्डको बैठक: दुई जलविद्युत् परियोजनाका लागि करिब २१ अर्ब लगानी स्वीकृत

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको लगानी बोर्डको

मुगुम समाज कल्याण केन्द्रद्वारा विपद् प्रभावितका लागि ६ लाख सहयोग

काठमाडौं– मुगुम समाज कल्याण केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी न्यायाधीश पिल्लेलाई, ट्रम्पले किन पाएनन् ?

काठमाडौं- दक्षिण अफ्रिकी न्यायाधीश नवानेथेम ‘नभी’ पिल्लेलाई यस वर्षको नोबेल

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि