हरि ढकालको तर्क- बिजुली जोड्न जस्तै उद्योगको बक्यौता उठाउन पनि प्रधानमन्त्रीले निर्देशन दिऊन् « Khabarhub

हरि ढकालको तर्क- बिजुली जोड्न जस्तै उद्योगको बक्यौता उठाउन पनि प्रधानमन्त्रीले निर्देशन दिऊन्


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले उद्योगहरूबाट बिजुलीको अर्बौँ बक्यौता उठाउने कुरामा प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिका खोजेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको तनावपूर्ण बैठकको आकस्मिक समयमा बोल्दै उनले उद्योगीहरूको बिजुलीको लाइन जोड्न निर्देशन दिएजस्तै महशुल उठाउन प्रधानमन्त्रीले निर्देशन दिनुपर्ने बताएका छन् ।

उनले प्रतिपक्षीको आवाज कमजोर नभएको भन्दै भ्रष्टाचारबिरोधी महाअभियानमा रास्वपाले निरन्तर आवाज उठाउने पनि बताएका छन् ।

यसअघि ढकालले बोल्दा बोल्दै सभामुख घिमिरेले माइक काटिदिएका थिए। करिब २० मिनेटको गलफत्तीपछि पुन: सांसद ढकालले आफ्ना कुरा राखेका हुन् । अहिले प्रतिनिधिसभा बैठक सहज रुपमा अघि बढेको छ।

 

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  २ : ०५ बजे

सिरुबारी पहिरो : बेनी-जोमसोम सडकको मुख्य चुनौती

म्याग्दी – रघुगङ्गा गाउँपालिका-२ सिरुबारीको पहिरो भारत र चीनलाई जोड्ने

देउवाले भने : विशेष महाधिवेशनले कांग्रेस कमजोर भयो, अदालतले न्याय दिनेमा ढुक्क छु

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्रको विवादलाई

आफू प्रजातन्त्र पक्षधर भएकैले ज्ञानेन्द्रले जेल हाले : देउवा

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू प्रजातन्त्रको पक्षधर भएकाले

पार्टीको विवाद अदालतमा पुनरावलोकन भइरहेको छ, धेरै टिप्पणी गर्दिनँ : देउवा

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको विवाद सर्वोच्च अदालतमा