रास्वपाले ०८४ मा कांग्रेस-एमालेलाई बढारेर भुइँमा झारिदिए हुन्छ : गगन थापा « Khabarhub

रास्वपाले ०८४ मा कांग्रेस-एमालेलाई बढारेर भुइँमा झारिदिए हुन्छ : गगन थापा


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


29.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधानमा लेखिएका कुराहरू जुनै सरकार आए पनि कार्यान्वयन नगरेको भन्दै आपत्ति जनाएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्ने क्रममा उनले समावेशी र समानुपातिक कुरा कार्यान्वयन हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।

‘हामी संविधानमा लेखिए पनि सरकारमा महिला र दलितलाई छुटाउँछौँ । दुई दल मिलेर राष्ट्रपति र उपराष्ट्रपति पनि पुरुष बनाउँछौँ । स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष पनि पुरुष बनाउँछौँ’, उनले भने, ‘प्रदेशका सरकार यसैगरी चलाउने हो भने कसरी हामी सफल हुन्छौँ ? संघीयतालाई यो भन्दा राम्रो बनाउने हो । त्यसैले हामीले अब सुधार्नै पर्छ ।’

उनले निर्वाचन प्रणाली फेर्न छलफल गरिरहेको बताएका छन् । ‘तल्लो हाउसलाई प्रत्यक्ष निर्वाचित गरिदिने र माथिल्लो हाउसलाई समानुपातिक बनाउने कुरा मिल्दैन’, उनले भने, ‘अहिले साथीहरू ठूला दलले कुरा मात्रै गर्छन् भन्छन् । ०६४ सालमा माओवादी पनि ठूलो दल थियो । सानो ठूलो भन्ने कोही पनि हुँदैन । अहिले ठूला दललाई प्रश्न गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीले ०८४ मा कांग्रेस र एमालेलाई बढारेर भुइँतिर राखेर सरकार हाँके हुन्छ ।’

 

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  २ : ३३ बजे

नेपाललाई नेदरल्यान्डले दियो १४१ रनको चुनौती

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा नेदरल्यान्डले

भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन : महानिरीक्षक कार्की 

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष

विश्वकप अभ्यास : श्रीलंकाविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

पनौतीको त्रिवेणीमा स्नान गर्दै स्वस्थानीका व्रतालु (तस्बिरहरू) 

काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी व्रतका व्रतालुहरूले आज काभ्रेको

कांग्रेसका दागी नेतालाई टिकटमा तगारो

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि बनेको सरकारले फागुन