बी एन्ड बी अस्पतालमा अब रोबोटिक शल्यक्रिया | Khabarhub Khabarhub

बी एन्ड बी अस्पतालमा अब रोबोटिक शल्यक्रिया


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं ललितपुरमा रहेको बी एन्ड बी अस्पतालले रोबोटिक शल्यक्रियाको सुरुवात गरेको छ । 

उच्च प्रशिक्षित सर्जनहरूद्वारा सञ्चालित रोबोटिक प्रणालीले जटिल शल्यक्रियामा सटिकता र दक्षता सुनिश्चित गर्दै स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको दाबी छ । 

अस्पतालका अनुसार यो अग्रगामी उपलब्धि नेपालको चिकित्सा क्षेत्रमा ऐतिहासिक कोसेढुङ्गा बनेको छ जसले शल्यक्रिया गर्ने तरिकामा आमूल परिवर्तन ल्याउने छ भने र बिरामीको स्वास्थ्योपचारमा अझ सुधार गर्नेछ ।

बिएन्डबी अस्पतालका प्रा. डा. जगदीशलाल वैद्यले भने, ‘नेपालमा रोबोटिक शल्यक्रिया प्रदान गर्ने पहिलो अस्पताल हुन पाउँदा हामी उत्साहित छौँ । यो नवीन प्रविधि हाम्रा बिरामीलाई विश्वस्तरीय चिकित्सा सेवा प्रदान गर्ने प्रतिबद्धतामा महत्वपूर्ण कदम हो ।

बी एण्ड बी अस्पतालमा रोबोटिक शल्यक्रियाको सुरुवातले संस्थाको निरन्तर सुधार र चिकित्सा प्रविधिमा अत्याधुनिकता अपनाउने प्रतिबद्धतालाई प्रस्तुत गर्ने अस्पतालको दाबी छ ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ३ : ३८ बजे

जनमत वरिष्ठ उपाध्यक्षसहितका नेताले मागे सीके राउतको राजीनामा

काठमाडौं– जनमत पार्टीका वरिष्ठ उपाध्यक्षसहित केही नेताहरूले अध्यक्ष डा. सीके

मन्त्रीहरूले गरे आगजनी भएको सर्वोच्च अदालतको निरीक्षण

काठमाडौं– सरकारका मन्त्रीहरूले जेन-जी आन्दोलनका क्रममा आगजनी भएको सर्वोच्च अदालतको

आधा झुकाउने दिन सिन्धुलीका सीडीओले नै फहराएनन् झण्डा

सिन्धुली- जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रदर्शनकारीको सम्झनामा सरकारले बुधबार

रसुवा कारागारबाट भागेका ९१ कैदीबन्दी फर्किए

रसुवा– जेन-जी प्रदर्शनका क्रममा रसुवा कारागारबाट फरार ९७ कैदीबन्दीमध्ये ९१

असन-इन्द्रचोकमा बढ्यो चहलपहल (तस्बिरहरू)

काठमाडौं– दशैँ नजिकिएसँगै असन-इन्द्रचोक क्षेत्रमा किनमेल गर्न आउनेको भीड बढेको छ