शेख हसिनाविरुद्ध मुद्दा दर्ता, बंगलादेश फर्किए पक्राउ पर्न सक्ने « Khabarhub

शेख हसिनाविरुद्ध मुद्दा दर्ता, बंगलादेश फर्किए पक्राउ पर्न सक्ने


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

ढाका–  बंगलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनासहित उनीनिकट ६ जनाविरुद्धको मुद्दा दर्ता गरेको छ ।

 राजधानी ढाकाको मोहम्मदपुर क्षेत्रमा किराना पसलका मालिक अबु सईदको कोटा सुधारको विरोधमा भएको हत्याको मुद्दालाई अदालतले स्वीकारेको हो।

अदालतले उजुरी दर्ता (सीआर) मुद्दामा लगत्तै पहिलो सूचना रिपोर्ट (एफआईआर) रेकर्ड गर्न प्रहरीलाई आदेशसमेत दिएको छ।

ढाकाको मुख्य मेट्रोपोलिटन मजिस्ट्रेट (सीएमएम) अदालतका मजिस्ट्रेट राजेश चौधरीले दिउँसो उक्त आदेश दिएको ढाका ट्रिब्युनले जानकारी दिएको छ ।

दण्डसंहिताको धारा ३०२ बमोजिम मुद्दाको संज्ञा लिएकोले अभियुक्तहरूविरुद्ध पक्राउ पूर्जी जारी गरिने ब्यवस्था छ । हसिना स्वदेश फर्किए यही मुद्दाका कारण पक्राउ पर्न सक्ने छिन् ।

अन्य अभियुक्तहरूमा अवामी लिगका महासचिव ओबैदुल कादर, पूर्व गृहमन्त्री असदुज्जमान खान कमल, पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) चौधरी अब्दुल्लाह अल मामुन, पूर्व डीबी प्रमुख हरुनोर रशीद, पूर्व डीएमपी आयुक्त हबिबुर रहमान र पूर्व डीएमपी संयुक्त आयुक्त विप्लव कुमार सरकार छन्।

यसका साथै धेरै उच्च प्रहरी अधिकारी र सरकारी अधिकारी पनि मुद्दाका विपक्षी रहेका छन् । यसअघि मोहम्मदपुर निवासी अमिर हम्जा शातिलले सीएमएम अदालतमा मुद्दा दायर गरेका थिए।

हम्जा बोसिलामा कोटा सुधार आन्दोलनको समर्थनमा जुलुसका क्रममा प्रहरीको गोलीबाट मारिएका किराना पसलका मालिक अबु सइदका शुभचिन्तक हुन्।

हम्जाले सैद घनिष्ठ मित्र नभए पनि बंगलादेशको नागरिकका रूपमा स्वेच्छाले उजुरी दिएका बताए। सैदको परिवार पञ्चगढको बोडा उपजिल्लामा बस्छ।

कोटा सुधार आन्दोलनका क्रममा करिब ५ सय नागरिकको ज्यान गएको छ। चर्को विरोध भएपछि हसिना अगस्ट ५ मा देश छोडेर भारततिर भागेकी छन् । शेख हसिनाविरुद्धको यो पहिलो मुद्दा हो ।

सोमबार युवा तथा खेलकुद सल्लाहकार आसिफ महमुदले कोटा सुधार आन्दोलनका पीडितहरूलाई बंगलादेशभर आक्रमणकारीविरुद्ध मुद्दा दायर गर्न आग्रह गरेका थिए । 

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ५ : १२ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७