सुरक्षा परिषद् सुधारका लागि राष्ट्रसङ्घका प्रमुख गुटेरेसको आह्वान « Khabarhub

सुरक्षा परिषद् सुधारका लागि राष्ट्रसङ्घका प्रमुख गुटेरेसको आह्वान


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद् (यूएनएससी)मा अफ्रिकाको स्थायी सदस्यताको लागि आह्वान गर्दै सुरक्षा परिषद्लाई विस्तार गर्न आवश्यक रहेको बताए ।

सोमबार आयोजित सुरक्षा परिषद् उच्चस्तरीय बहसका क्रममा संयुक्त राष्ट्रसङ्घका प्रमुखले परिषद्को संरचना परिवर्तनशील विश्वसँग तालमेल राख्न असफल भएको भन्दै यसको सुधार आवश्यक रहेको बताएका छन् । 

“विश्वको प्रमुख शान्ति र सुरक्षा निकायमा एक अर्बभन्दा बढी जनसङ्ख्या भएको महाद्वीपका लागि स्थायी आवाजको अभाव छ भन्ने कुरा हामी अस्वीकार गर्न सक्दैनौँ साथै हामी महाद्वीप र विश्वभर शान्ति र सुरक्षाको प्रश्नमा अफ्रिकाको दृष्टिकोणलाई कम महत्व दिइएको कुरा पनि अस्वीकार गर्न सक्दैनौँ”, गुटेरेसले भने । 

पन्ध्र सदस्यीय सुरक्षा परिषद्का पाँच स्थायी सदस्यहरू–चीन, फ्रान्स, रुस, संयुक्त राज्य अमेरिका र बेलायत–प्रत्येकसँग मतदानमा भिटो गर्ने क्षमता छ । बाँकी १० अस्थायी सदस्यता क्षेत्रीय रूपमा वितरण गरिएका छन् ।

दशमध्ये तीन अफ्रिकी राज्यहरूका लागि, ल्याटिन अमेरिका र क्यारिबियनका लागि दुई, एसिया–प्यासिफिकका लागि दुई, पश्चिमी युरोप र अन्य राज्यहरूका लागि दुई र पूर्वी युरोपका लागि एक सदस्यता वितरण गरिएको छ । 

यूएनएससीले गत मे महिनामा अफ्रिकी राष्ट्रहरूले विश्वव्यापी सुरक्षा र विकाससँग सम्बन्धित मुद्दाहरूको सामना गर्न ठूलो भूमिका निर्वाह गर्ने जनाएको थियो ।  यसैबीच, संयुक्त राष्ट्र महासभाका अध्यक्ष डेनिस फ्रान्सिसले बहसमा संयुक्त राष्ट्रले विश्वलाई जस्तो छ त्यस्तै प्रतिबिम्बित गर्नुपर्ने बताए। 

‘यो राज्यहरूबीच सार्वभौम समानताको सिद्धान्तको विपरित छ र लगभग ८० वर्ष पहिलेको भन्दा तत्कालिन समाजलाई प्रतिबिम्बित गर्न यस संस्थालाई तत्काल सुधार गर्न आवश्यक छ’, फ्रान्सिसले बताए । 

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ५ : ३८ बजे

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी

भारतीय सहयोगमा निर्मित पाटनको कुमारी छेँ र नयाँ कुमारी निवास उद्घाटन

ललितपुर- ललितपुरको पाटनमा पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल ‘कुमारी छेँ’ र

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै

अमेरिकी प्रतिबन्धबारे चीनले भन्यो : इरानसँगको सहकार्य अन्तर्राष्ट्रिय कानुनअनुसार

बेइजिङ- इरानमाथि अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धबारे अर्को शक्ति राष्ट्र